Techie IT
Mission Khabar

भारतीय प्रधानमन्त्री मोदीको धार्मिक राजनीति, असोज दोश्रो साता नेपाल आउँदै


एजेन्सी/काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर दोस्रो साता नेपाल भ्रमणमा आउदैछन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार यो पटक मोदी गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

मंसिर १२ र १३ गते दुईदिने राजकीय भ्रमणका लागि मोदी नेपाल आउने र भ्रमण लुम्बिनी केन्द्रित हुने बताइएको छ । पछिल्लो चार बर्षमा चार वटै भ्रमण गरेका मोदीको यो पाँचौ नेपाल भ्रमण हुनेछ । गत बैशाखमा जनकपुर र मुक्तिनाथको भ्रमण गरेका मोदी भदौ महिनामा भएको बिमस्टेक सम्मेलनका क्रममा नेपाल आएका छन् ।

आगामी भ्रमण पछिल्लो एक बर्षमा भएको तेश्रो भ्रमण हुनेछ । प्रधानमन्त्री केपी ओलीको पटक–पटकको निम्ता स्विकारेर भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा आउन लागेको बताइएको छ ।


क्याटेगोरी : राजनीति, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्