मीटु अभियानबाट यौँन हिंसाको अभियोग लागेका प्रदेश मन्त्री स्थापीतले दोलखामा गरे बबण्डर

दोलखा– प्रदेश नम्बर ३ सरकारका भौतिक पुर्वाधार विकास मन्त्री केशब स्थापित निरन्तर बिवादमा तानिन थालेका छन् । मन्त्री स्थापित पछिल्लो समय साईनबोर्ड उद्घाटन गर्न दोलखा पुग्नेक्रममा पुनः बिवादमा तानिएका हुन् ।
जलश्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाको साईन बोर्ड उद्घाटनका लागि शनिबार राति आफ्ना छोरा बुहारी सहित दोलखा पुगेका थिए मन्त्री स्थापित । अतिथि बोलाउने जलश्रोत तथा सिंचाई विकास डिभिजनका कार्यालय प्रमुख प्रकाश अधिकारीले चरिकोटको सुभेच्छा होटलमा मन्त्रीको परिवारलाई बस्ने व्यवस्था मिलाएका थिए । सोही अनुसार राती दश बजेतिर होटलमा पुगेका मन्त्री स्थापितलाई होटलवालासँगै आयोजक अधिकारीले स्वागत गरे । स्वागत सकिएकै थिएन्, बिचैमा छोराबुहारी कड्किए, उनीहरुले हैसियत हेरेर होटल खोज्नुपर्ने भन्दै झपार्न थालेपछि रातरात अर्काे होटलमा बस्ने ब्यवास्था मिलाईयो ।
जलश्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय प्रमुख अधिकारीले मन्त्रिलाई सकेसम्म शुभेच्छामा नै राख्न पाए हुन्थ्यो भन्दै पानारोमा रिर्साेटमा खाली नभएको बताएका के थिए उनले नराम्ररी गालि खाए । पछि मन्त्री आफैले फोन गर्न खोजेपछि आयोजकले चरिकोटमा रहेको पानारोमा रिर्साेटमा बस्ने टुङ्गो लगाएको थियो । पानारोमा रिर्सोटमा बस्न गएपनि आफुले खाना पकाएर अबेरसम्म कुरेर बसेकाले खाना नखाए खानाको पैसा तिर्नुपर्ने भन्दै शुभेच्छा होटलवाला कराउन थालेपछि होटलमै खाना खाएर बाहिरिएका थिए मन्त्री, छोरा बुहारी र सँगै आएका अन्य ५ जना । खाना खाएको पैसा शुभेच्छा होटलवालाले अझै पाएका छैनन ।
शुभेच्छामा नै खाना खाएर गएका स्थापितको परिवारले पानारोमा रिर्सोटमा २६ हजार ५ सय १६ रुपैयाँको बिल उठाएका थिए । यो रकम पानारोमाको भ्याट बाहेक र सर्भिस चार्ज बाहेको रकम थियो । यहाँपनि मन्त्रीले पैसा तिरेनन । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यलयले तिरिदिने भनेपछि मन्त्रिको टिम बाँकी खाएर हिँडेको थियो ।
आईतबार जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखाले भब्य कार्यक्रम सहित साईनबोर्ड उद्धघाटन गरेको बारे कतिपयले मन्त्रिको चाकडी भनेका छन् । कार्यलय प्रमुख दोलखा आएको दुई तीन दिन मात्रै भएको छ । उनले कार्यालयको साईनबोर्ड उद्घाटनमै मोटै रकम खर्च गरेर आफ्नो हैसियत देखाएका छन् । होटलमै हैसियत देखाएर रडाको गर्ने मन्त्रीले पनि आफ्नो भाषणमा निकै ठूला आर्दशका कुरा गरे । तर शानसहित नजिकैको होटलमा बसेका मन्त्री कार्यक्रममा एक घण्टा ढिला पुगे ।
यता, स्थानीयले भने विकासको कामलाई भुलेर प्रदेश सरकारका मन्त्रिहरु शौचालय, साईनबोर्ड उद्घाटन जस्ता काममा लागेको भन्दै आलोचना गरेका छन् । दोलखामा अन्य दुई कार्यालयले सामान्य तरिकाले साईनबोर्ड उद्घघाटन गरेको बिषय उठान गरेर कार्यक्रममा जिसस प्रमुखले भाषण गरे– तपाईले मन्त्रि ल्याएर महान कार्य गर्नुभयो अन्य दुई कार्यालयले मन्त्रि ल्याउन सकेनन् । यस्तो ब्यङग्य सहनुपरेका कार्यालय प्रमख अधिकारी भने यतिबेला खुसीले जुँगा मुसारिरहेका थिए । मन्त्रि स्थापितको चाकडीका लागि जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यलय दोलखाका प्रमुख प्रकाश अधिकारीले मन्त्रि बोलाएर साईनबोर्ड उद्घाटन गरेर राज्यमाथी आर्थिक बोझ बोकाएका छन् ।साईनबोर्ड उद्घाटनका लागि शनिबार देखि मन्त्रि आएर बसेका थिए ।
मन्त्रिको बेस्सरी चाकडी त गर्न भ्याए यहाँका कर्मचारीले तर राज्यबाट यहाँका कर्मचारीले साउन देखि तलब नपाएको कुरालाई कसैले मुख खोलेनन् । मन्त्री स्थापितले होटललाई कारण देखाउँदै कर्मचारीलाई हप्काएको यो पहिलो घटना नभएपनि यसबारे कार्यालय प्रमुख अधिकारी मुख खोल्न तयार छैनन ।
यसअघि दुई महिला सञ्चारकर्मीले मन्त्री स्थापितमाथी आफूहरुमाथी यौन हिंसा गरेको भन्दै मिटु अभियान मार्फत अभियोग लगाएका थिए ।
क्याटेगोरी : जनप्रतिनिधि, राजनीति, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्