गतिहिन राजनीति : एउटा दम्भमा अर्को गन्तब्यहिन, सत्ता र प्रतिपक्षीको जुहारी कि समृद्धी !

काठमाडौं– गतिशिल बन्ला भन्ने अपेक्षा गरिएको नेपाली राजनीति अहिले गतिहिन बन्दै गएको छ । समृद्धीको नारा केवल गफमा मात्र सिमित । दलहरु देश र जनताको भलाई भन्दा पार्टी, नेता र कार्यकर्ता केन्द्रित छन् । उनीहरुलाई नेपाली नागरिकले आँशु बगाएको, देश दुखेकोसँग कत्तिपनि गुनासो अनि चिन्ता छैन । हुन त हामी नागरिक पनि उस्तै गफल र आश्वसनको पछि लाग्ने, झोला र झण्ड बोक्ने अनि तिनै धोकेवाजको पक्षपोषण गर्ने । स्थायी सरकार नभएर विकासको गति अबरुद्ध भएको भाषण मच्चाइयो, धन्न मतदाताले बिवेक लगाएर दुई तिहाईको नजिक नजिक सम्मान जनक बहुमतको विश्वास दिए ।
देशको गति उस्तै दुरुस्तै । होला पूर्वाधार निर्माणमा राज्य घस्रिदै होला, कानुन निर्माणको जिम्मेवारी पनि पुरा गर्दैछ । तर यतिमा मात्रै चित्त बुझाउने ठाउँ छैन । महंगी आकाशिएको छ, भ्रष्टाचार झनै डरलाग्दो बन्दैछ । युवा पलायन उस्तै, रोजगार बनाउने होइन्, रोजगारीमा रहेकालाई समेत हतोत्सायीत बनाउने वातावरण बन्दैछ । खैर, मेरो देशमा प्रकृतिको वरदान छ रे, सुन्दरताको त्यो उपहारले संसार लोभ्याउने, एक पटक घुमौँ–घुमौँ, डुलौँ– डुलौँ बनाउने । तर अहँ आम नागरिकको स–सामान्य समस्या कथा वेथामा केही परिवर्तन आएन् । फेरिए त केवल सत्ता, स्वार्थीहरुका झुण्ड, अनि विकासको बजेटमा तीनकै रजाई जनताका लागि समृद्धीका गफ । सरकार दुई तिहाइको दम्भमा, प्रमुख प्रतिपक्षी कांग्रेसको त कुरै नगरौँ, आफैभित्र रुमलिएको छ । कुहिरोको कागजस्तो गति बढाउ कहाँ ठोक्किने हराउने कि फर्किने द्धिविधा, अघि बढौँ गतिहिन गन्तब्य ।
गतिहिनता यतिसम्म छ, गफ र चर्काचर्की नेताहरुको दिनचर्या बनिसक्यो । नागरिकलाई उचाल्यो, कतै आश्वसनको बलमा कतै सरकारले गलत गर्यो भन्ने बहानामा । स्वार्थ मिल्दा भाग मिल्दा एकै ठाउँमा ट्याप्प । खै कस्तो संस्कार बन्यो राजनीति, सुधार भन्दा मौलाउँदो छ व्यतिथि । अब त थोरै बचेको इमान्दारिता र नैतिकता नभुले हुन्थ्यो । सरकार कागजी पन्ना पल्टाउदै भन्छ, बजेटको काम धुमधडाका, विकास र सम्बृद्धी अघि बढ्यो, रेल, जहाज सबै आउँछ । अनि प्रतिपक्ष भन्छ हावादारी गफ, काम गर गफ हैन । अनि आफैले बनाएको पद्धती मान्दैनन्, झगडा गर्छन, बाहिर मात्रै होइन्, संसदमै झगडा मच्चाउँछन् । जनता मात्रै बनिरहेका छन्, रमिते । चुनाव आउँदा चिल्ला सुकिला चेहरामा विकासे गफको गन्थनमन्थन, घोषणा पत्र हुँबहु कार्यान्वयन भन्दै जनमत बटुल्ने । अनि सिढि चढेपछि खुड्कीला बिर्सिने । अब परिक्षणकाल सकिएको छ ।
पाँच बर्षमा काम गर्ने र नगर्नेलाई मतदानबाट छुट्याउनुपर्ने छ । अहिले जनमनमा यस्तै सल्लाह चलिरहेको छ । झुठको राजनीति अब लामो समय टिक्ने छैन, गफको आश्वसन सधै बिक्ने छैन । जनता भनिरहेका छन्, दलहरु मिल्नुपर्छ । देश र जनताको अपेक्षा पुरा गर्ने गरी समृद्ध नेपाल सुखी नेपालीलाई व्यवहारमा सार्थकता दिनका लागि ।
क्याटेगोरी : जनप्रतिनिधि, राजनीति
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्