Techie IT
Mission Khabar

जापानको सहयोगी मन, महतो मेमोरियल अस्पताललाई ‘मोवाईल क्लिनिक कार’


काठमाडौं/ सिरहा–जापानले सिरहास्थित फूलकुमारी महतो मेमोरियल अस्पताललाई ‘मोवाईल क्लिनिक कार’ उपलब्ध गराएको छ । नेपालका लागि जापानी राजदुत मासासीशी ओगावाले मंगलबार फूलकुमारी महतो मेमोरियल अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर शिवशंकर साहलाई ‘मोबाईल क्लिनिक कार’ हस्तान्तरण गरेका हुन् ।

बिरामीको घरमै गएर उपचार गर्न सकियोस भन्ने उद्देश्यले विशेषज्ञ सेवा सहितको क्लिनिक कार उपलब्ध गराइएको बताइएको छ । औषधी, चिकित्सक र बिरामीको हेरचाहका लागि एउटा बेडको समेत व्यवस्था क्लिनिक कारमा छ ।

अस्पतालले मध्य तराईका सिरहा, सप्तरी, उदयपुर, सिन्धुली र घनुषाका विरामीलाई स्वास्थ्य सेवा दिने बताएको छ । जनताको घरदैलोमा उपचार सेवा पुर्याउन अस्पतालले ग्रामिण सडक बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले आफ्नी आमाको स्मृतिमा स्थापना गरेको अस्पताल हो, फूलकुमारी महतो मेमोरियल अस्पताल ।


क्याटेगोरी : शिक्षा / स्वास्थ्य, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्