Techie IT
Mission Khabar

मदिरा उत्पादन र सेवनमा कडाइ गर्दै सरकार, घट्लान त कुलतका अम्बली


काठमाडौं– सरकारले समाजमा विकृति ल्याउने गरी भइरहेको मदिराको अनिन्त्रित सेवन तथा उत्पादनलाई निरुत्साहित गर्ने भएको छ । गृह मन्त्रालयले अत्यधिक मदिरा सेवनबाट घरेलु र पारिवारिक हिंसामा बढोत्तरी आएको भन्दै नियमन र नियन्त्रणलाई प्रभावकारी बनाउने बताएको हो ।

लागुऔषधको उत्पादन र खपतको ‘ग्राफ’लाई दुई तिहाइको दरले घटाउने गृहको तयारी छ । गृहले लागुऔषध तस्करीलाई ‘सखाप’ पार्न सरकारलाई आवश्यक सूचना उपलब्ध गराउन आग्रह पनि गरेको छ । विभिन्न अनुसन्धानले नेपालमा करीब दुई लाख युवायुवती लागुऔषधको प्रयोगकर्ता रहेको देखाएको छ ।

यस्तै, लागुऔषध प्रयोगकर्ताको संख्या बर्षेनी झण्डै १२ प्रतिशतले बढ्ने गरेको गृहको तथ्यांक छ । यो जोखिम कम गर्न गृह प्रशासनले तदारुकपा देखाउने भएको हो ।


क्याटेगोरी : देश / प्रदेश, सकारात्मक सोच

तपाईको कमेन्ट लेख्नुहोस्