Techie IT
Mission Khabar

निजी विद्यालयमा भर्ना भएका विद्यार्थी संख्याको १५ प्रतिशतले निःशुल्क पढ्न पाउने


काठमाडौं–सरकारी तथा सामूदायिक विद्यालय मात्रै होइन, अब निजी विद्यालयले पनि निःशुल्क शिक्षको दायित्व बहन गर्नुपर्ने भएको छ ।

विद्यार्थी संख्याको आधारमा१५ प्रतिशतसम्म विद्यार्थीलाई निःशुल्क शिक्षा दिनुपर्ने व्यवस्था सहितको विद्येयक तयार भएपछि निजी विद्यालयबाट पनि निः शुल्क शिक्षा पाउने भएका हुन् ।  विद्यार्थी अनुपातमा कम्तीमा १० देखि बढीमा १५ प्रतिशसम्म विद्यार्थीलाई कुनै पनि प्रकारको शुल्क लिन नपाइने गरी अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयकमा सहमति जुटेको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले यो सहमति सहित पुर्णता दिएको प्रतिवेदन शनिबार सदनमा पेस भएर प्रक्रियामा जानेछ ।

विधेयकको परिभाषा खण्डमा नै निःशुल्क शिक्षाअन्तर्गत अभिभावकसँग विद्यालयले कुनै पनि प्रकारको शुल्क लिन नपाउने गरी परिभाषित गरेको छ । आधारभूत तथा विद्यालय तहको शिक्षामा राज्यको पूर्ण दायित्व हुनेगरी विधेयक तयार भएको छ ।


क्याटेगोरी : शिक्षा / स्वास्थ्य, सकारात्मक सोच
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्