Techie IT
Mission Khabar

कनिष्ट प्रहरीलाई घरायसी कामदारका रुपमा दुरुपयोग गर्ने उच्च अधिकृत अब कारबाहीमा पर्ने


काठमाडौं–तल्ला तहका सुरक्षाकर्मीलाई घरेलु कामदारका रुपमा दुरुपयोग गर्ने उच्च प्रहरी अधिकारीको पेन्सन काटिने भएको छ । गृह मन्त्रालयले कनिष्ट कर्मचारीलाई घरायसी कामदारका रुपमा प्रयोग गर्दै आएका प्रहरी अधिकारीको पेन्सन कट्टा गर्ने तयारी सुरु गरेको हो ।

कानूनविपरीत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउने प्रहरीका उच्च अधिकृत धेरै भेटिएका छन्, यसरी संगठनको कामभन्दा बाहिर लगेर दुरुपयोग गर्नेमाथी कारबाही गर्ने तयारीमा मन्त्रालय अघि बढेको छ गृह मन्त्रालयका सहप्रवक्ता एकदेव अधिकारीले भने । उच्च प्रहरी अधिकारीको नोकर जस्तो बन्नुपर्ने बाध्यतामा प्रहरीका कनिष्ट कर्मचारी धेरै नै छन् । यति मात्रै होइन, अन्य विशिष्ट व्यक्तिहरुले पनि कनिष्ट प्रहरीलाई घरायसी कामदार बनाउँदै आएका छन् ।

प्रहरीका सकल दर्जालाई अनावश्यक रुपमा गरिएको दासत्वको व्यवहार र दुरुपयोग रोक्न गृह प्रशासन र सरकार जिम्मेवार बन्नुपर्छ । अधिकृतको घरमा घरेलु कामदारका रुपमा प्रयोग भएकाहरु न्याय खोजिरहेका छन् ।


क्याटेगोरी : सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्