Techie IT
Mission Khabar

चिन्ता दशै यात्राको : यात्राको सारथी बन्लान त यात्रु सहायता कक्ष ?


काठमाडौं–नेपालीहरूको महान् चाड दशैँको अग्रिम टिकट बुकिङ खुलेसँगै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुलाई सहयोग गर्न भन्दै उपत्यकाका विभिन्न १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

दशैँको यात्रामा काठमाडौं उपत्यकाबाट करिब २५ लाख बाहिरिने र उनीहरुका समस्या र गुनासा सम्बोधन गर्न सहायता कक्षले भुमिका खेल्ने महाशाखाले जनाएको छ । अहिले कलङ्की, स्वयम्भु, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना भएका छन् । यी स्थानमा उपत्यका बाहिर जाने यात्रुको भीडभाड र सहयोगको आवश्यकतालाई मध्यनजर गरेर सहायता कक्ष बनाइएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले भने सहायता कक्षले अपराध, दुव्र्यवहार, यात्रुले भोग्नुपरेका समस्या लगायत यात्रामा देखापर्ने सबै गुनासो सुन्ने र समाधान गर्नेछ । सहायता कक्षमा यातायात व्यवस्था विभागका कर्मचारी, यातायात व्यवसायी सङ्घका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, ट्राफिक प्रहरी र जनपद प्रहरी आवश्यकता अनुसार खटिनेछन् ।


क्याटेगोरी : यातायात / यात्रा, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्