राष्ट्रपति ,प्रधानमन्त्री र पुर्व राजाबाट टिका ग्रहण गर्नेको भीड, टिका परम्परामा थपिए प्रधानमन्त्री

काठमाडौं – विजया दशमीको टिका यो बर्ष राष्ट्रपति ,प्रधानमन्त्री र पुर्व राजा तीनै जनाले लगाईदिएका छन् । सर्वसाधरणलाई तीनै जनाले टिका लगाउने कार्यक्रम तय भएपछि प्राथमिकतामा फेरबदल आएको छ ।
विगतमा राष्ट्रपतिले सर्वसाधरणलाई टिका लगाउने परम्परा रहिआएको थियो भने पूर्व राजाले पनि टिका परम्परालाई निरन्तरता दिदै आएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गरिन् । राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी हुन् ।
राष्ट्रपति विद्यादेवि भण्डारीसँग शितल निवासमा टिका लगाउनेको भीड लागेको छ । यता, प्रधानमन्त्री केपी ओलीले पनि बालुवाटारमा सर्वसाधारणलाई टिका लगाईदिएका छन् । पुर्व राज ज्ञानेन्द्र शाहले निर्मलनिवासवाट टिका लगाउने विगतको परम्परा निरन्तरता दिएका छन् । शाहले बहालवाला राजा हुदाँको परम्परालाई राज गद्धी त्यागेपछि पनि निरन्तरता दिदै आएका छन ।
पहिलोपटक टिका कार्यक्रम सुरु गरेका प्रधानमन्त्री केपी ओलीले बिहान ९: ४५–१०:०० पिता मोहनप्रसाद ओलीको हातबाट टीकाग्रहण गरे । बिहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यले टिका ग्रहण गरेपछि १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीकाग्रहण गरेका थिए । दिउँसो २ बजे मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई टिकालगाएका प्रधानमन्त्रीले अपरान्ह ३:३० देखि ५:३० सम्म पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम अनुसार टिका लगाइरहेका छन् ।
साँझ ६:०० बजेदेखि परिवारका सदस्यहरुले टीकाग्रहण गर्ने र असोज ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म बिहान ९:०० देखि ११:०० सम्म कार्यकर्ताहरु र शुभचिन्तकलाई प्रधानमन्त्रीले टीका लगाईदिनेछन् ।
क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, सकारात्मक सोच, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्