Techie IT
Mission Khabar

स्वास्थ्य मन्त्रालय मातहतका ४ सय ४५ कर्मचारी बेरोजगार, मन्त्रालयले तयार पार्यो कार्यालय र कर्मचारी समायोजनको मस्यौदा


काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी मातहतका निकायको नयाँ संरचना र दरबन्दी मिलानको मस्यौदा तयार पारेको छ ।

मन्त्रालयले स्थानीय तह, प्रदेश र संघको संघीय व्यवस्था अनुसारको संरचना तथा जनशक्ति व्यवस्थापनको नयाँमस्यौदा तयार पारेको हो । मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल संयोजक रहेको संघीय व्यवस्थापन समितिले तयार पारेको मस्यौदामा स्वास्थ्य सेवालाई थप सर्वसुलभ बनाउनेगरी संरचनागत सुधार र जनशक्ति समायोजन गर्ने उल्लेख छ । नयाँ व्यवस्था अनुसार अब सातवटै प्रदेशमा स्वास्थ्य प्रवद्र्धन तथा तालीम केन्द्र, स्वास्थ्य सामग्री तथा औषधि व्यवस्थापन केन्द्र र जनस्वास्थ्य प्रयोगशाला रहने छन् । यी तीनै निकायमा ११औँ तहको दरबन्दी रहने गरी कर्मचारि व्यवस्थापनको प्रस्ताव गरिएको छ ।

यसअघि बनाइएको संरचनामा सातवटा प्रदेशमा ३५ वटा मात्र प्रदेश स्वास्थ्य कार्यालय रहने व्यवस्था गरिएको थियो । स्वास्थ्य सेवातर्फका ११ औं तहका १३, ९ र १० औं तहका ३२, सातौँ तहका करिब ४ सय कर्मचारी जिम्मेवारीबिहीन रहेको बताइको छ । यसअघि जिल्ला जनस्वास्थ्य कार्यालयका एक हजार ३५६ स्वास्थ्य सेवाका कर्मचारी विभिन्न स्थानीय तहमा मिलान भएका थिए । अझै पनि कयौँ स्थानीय तहमा स्वास्थ्य सेवामा दरबन्दी अनुसार पदपूर्ति हुन सकेको छैन ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गत भदौ २८ गते प्रमुख विशेषज्ञ डा प्याकुरेलको संयोजकत्वमा मस्यौदा समिति गठन गरेका थिए ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्