हिंसाबाट बच्न प्रतिरक्षा तालिम, किशोरीहरु भन्छन्–हिम्मत बढेको छ

बैतडी, दाङ, इटहरी– पूर्वी र पश्चिम नेपालका विभिन्न जिल्लामा अहिले किशोरीहरुलाई हिंसा बिरुद्ध प्रतिकार गर्ने कला शिकाइदैछ । हजारौँलाई प्रतिकार कला सिकाएको अभियानले शुक्रबार बैतडीका करिब तीन सय किशोरीलाई बलात्कारीबाट बच्न कसरी प्रतिकार गर्ने र जोगिने भन्ने तालिम दिएको छ ।
बैतडीको पाटन क्षेत्रका किशोरीलाई राष्ट्रिय खेलकुद परिषले हिंसाबाट कसरी बच्ने भन्ने र प्रतिकार गरेर जोगिने कला शिकाईएको हो । बलात्कारी तथा हिंसा गर्ने बिरुद्ध प्रतिकार गर्ने कला सिकेपछि किशोरीहरु उत्साहित भएका छन् भने प्रशिक्षकहरु सबै किशोरीमाझ प्रतिकार कला पुर्याउनुपर्ने भनिरहेका छन् । मदिरा सेवन गरेका ब्यक्ति, आफन्त तथा छरछिमेकीहरुबाट नै प्राय : बलात्कारका घटना भएको खुलेपछि प्रतिकार कला सिकाउन सुरु गरिएको बताइन्छ ।
आधारभुत तालिमपछि सजिलै बलात्कारीको प्रतिकार गर्न सकिने प्रशिक्षकहरुको दाबी छ । यता, प्रतिकार कला शिकेका किशोरीहरु प्नि हिम्मत र आत्मबल बढेको बताउछन् । पछिल्लो एक बर्षमा बैतडीमा मात्रै बलात्कार र महिला हिंसाका ७० वटा घटना भएका थिए । जसमा किशोरीहरु नै बढी पीडित पाइएका छन् ।
क्याटेगोरी : देश / प्रदेश, सकारात्मक सोच, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्