Techie IT
Mission Khabar

मलेसिया र नेपालबीचको श्रम सम्झौता, रोजगारीको पहिलो गन्तब्य निशुल्क गर्ने प्रयास


काठमाडौं–नेपाली कामदारको पहिलो रोजाईको रोजगारी गन्तव्य हो, मलेसिया । मलेसियाको रोजगारी गन्तब्यलाई सुरक्षित र व्यवस्थित गर्न भन्दै सोमबार काठमाडौंमा दुईपक्षीय श्रम समझदारी (एमओआई) हुँदैछ ।

समझदारीपत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधनमन्त्री कुला शेघरानको नेतृत्वमा ६ सदस्यीय टोली आइतबार राति काठमाडौं आइपुगेको छ । नेपालको तर्फबाट समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले हस्ताक्षर गर्नेछन् । सम्झौता अघि मन्त्री शेघरान र बिष्टबीच बैठक हुनेछ । नयाँ समझदारीले नेपाली कामदारको सुरक्षा र जथाभावी असुली रोक्ने बताइएको छ । मलेसिया जाने कामदार असुरक्षित भएको र विभिन्न बहानामा ढगिएको गुनासो बढ्न थालेपछि नेपाल र मलेसिया सरकारबीच दुईपक्षीय श्रम सम्झौता हुन लागेको हो ।

हालसम्म वैदेशिक रोजगारीमा गएका ३५ लाख ५४ हजार नेपालीमध्ये २९.८८ प्रतिशत मलेसियामा छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार एमओआईपछि नेपाली कामदारले मलेसिया जान कुनै शुल्क तिर्नुपर्दैन । सम्झौतापछि म्यानपावरले लागत शुल्क सिधै रोजगारदाता कम्पनीबाट पाउनेछन् ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, विश्व / विविध, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्