Techie IT
Mission Khabar

प्रहरी सक्रियताको नमुना दोलखामा घट्दै अपराध, भाग्दै अपराधी


दोलखा–प्रहरी निगरानी र अप्रेसन तिब्र पारिएपछि दोलखामा अपराध नियन्त्रण प्रभावकारी देखिएको छ । केही दिन पहिले मात्रै दुर्लभ वन्यजन्तु सालकको सपेटा सहित दोलखाको किर्नेटारबाट प्रहरीले एक जनालाई पक्राउ गर्यो ।

रामेछाप जिल्ला गोकुलगंगा गाँउपालिका–५ बस्ने २० वर्षिय प्रल्हाद खड्का दोलखाको तामाकोशी गाँउपालिका–५ किर्नेटारबाट २ किलो ६ सय ग्राम सालकको खपटा सहित पक्राउ परे । दुर्लभ संरक्षित वन्यजन्तु सालकको खपेटा विक्रि वितरणको लागि लगिदै गरेको गोप्य सुचना पछ्याएर प्रहरी अभियुक्त पक्राउ गर्न सफल भयो । प्रहरीले असोज २० गते पनि २ केजी ९ सय ग्राम खपेटा सहित २ जनालाई पक्राउ गरेको थियो । तस्करी नियन्त्रणमा प्रहरीले निरन्तर सक्रियता देखाइरहेको छ ।

दोलखामा चालु वर्षको जेठ देखि असोजसम्मको अवधिमा ९१ वटा अपराधिक घटनाको मुद्धा दर्ता भएका छन् । यी मध्ये सबैभन्दा बढी २४ वटा आत्महत्या सम्बन्धि घटनाका छन् । १६ वटा भवितव्य ज्यान सम्बन्धि मुद्धा दर्ता भएको छ भने १३ वटा सार्वजानिक अपराधका छन् । जवरजस्ती करणीका ८, जवजरस्ती करणी उद्योगका ५, कर्तव्य ज्यान सम्बन्धि ४, सवारी ज्यान सम्बन्धि ३ तथा ज्यान मार्ने उद्योग, वेवारिसे ज्यान र फुटकर ज्यान सम्बन्धि २\२ वटा घटना को उजूरी प्रहरीमा परेको छ । चोरी, सार्वजानिक कसुर र बालविवाह सम्बन्धि पनि २\२ वटा घटना दर्ता भएको दोलखामा नागरिकता कसुर र वैंकिङ कसुर सम्बिन्ध १\१ तथा बहुबिबाह सम्बन्धि ४ वटा मुद्धा दर्ता भएका थिए । यी मुद्धाका अधिकांश अभियुक्त पक्राउ परेका छन् । यो बीचमा प्रहरीले बहुमुल्य पुरातात्विक ग्रन्थ सहित ३ जनालाई पक्राउ गरेको छ ।

पछिल्लो बर्षको उजूरीले पनि प्रहरीको सक्रियतालाई देखाउँछ । चोरी डकैती, गुण्डागर्दी र काटमार जस्ता अपराध जिल्लामा बिगत भन्दा निक्कै घटेका छन् । दोलखाका प्रहरी प्रमुखका रुपमा प्रहरी नायव उपरिक्षक वासुदेव पाठक जिल्लामा पुगेसँगै यहाँको सुरक्षा व्यवस्थामा निक्कै ठूलो प्रभाव देखिएको छ । सवारी दुर्घटना रोक्न डीएसपी पाठकले जनचेतनामुलक कार्यक्रम गरेका छन् । चालकलाई सचेत गराएका छन् ।

झै–झगडा र गुण्डागर्दी बिरुद्ध आउने समयदेखी नै आक्रामक कारबाही चलाएका उनले यो अभियान पनि जारी राखेका छन् । अपराध र अपराधीलाई माथी हुँदैन भनेर अघि बढेका डीएसपी पाठकले जिल्लामा शान्ति सुरक्षाको अनुभुति गराएको स्थानीयले पनि बताउन थालेका छन् । तस्करी, चारी, डकैती झैझगडा गुण्डागर्दीका घटनामा कमि आउदा दोलखामा आम नागरिकले सुरक्षित अनुभव गर्न पाएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, सकारात्मक सोच, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्