Techie IT
Mission Khabar

ताहाचलस्थित श्रम कार्यालय शनिबार पनि खुल्ने, रोकिएला त बिचौलियाको चलखेल ?


काठमाडौँ – वैदेशिक रोजगार विभागको काठमाडौँ कार्यालय शनिबार पनि खुल्ला हुन थालेको छ । सार्वजनिक विदाको दिन भएपनि काठमाडौँ कार्यालयले अब शनिबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सेवा प्रदान गर्नेछ ।

सार्वजनिक बिदामा कार्यालय खोल्न सुरु गरिएको शनिबार मात्रै ३ सय बढीले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगारीमा सेवाग्राहीको चाप धेरै भएपछि शनिबार पनि कार्यालय खुल्ला गरेर सेवा दिन सुरु गरिएको बताइएको छ । अन्य दिन बिहान ८ बजे देखि साँझ साँढे ७ बजेसम्म काठमाडौं कार्यालयले सेवा प्रदान गरेपनि शनिबार १० बजनेदेखी ३ बजेसम्म सेवा प्रवाह हुनेछ ।

विश्वका श्रम गन्तव्य भनि छानिएका मुलुकमा जाने नेपाली श्रमिकका लागि यस कार्यलयले श्रम स्वीकृति दिदै आएको छ । सेवाग्राहीको चाप निक्कै धेरै हुने यो कार्यालय बिचौलीयाको चलखेल र आर्थिक लेनदेनको केन्द्र बनेको भन्दै बेलाबखत बिवादित समेत बन्दै आएको छ ।


क्याटेगोरी : देश / प्रदेश, सकारात्मक सोच

तपाईको कमेन्ट लेख्नुहोस्