तिहारको तेश्रो दिन : घर आँगन सफा तथा उज्यालो बनाएर लक्ष्मीपूजा गरिदै, देउसी भैलो पनि आजबाटै

काठमाडौँ–तिहारको तेश्रो दिन बुधबार धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरेर लक्ष्मीपूजा मनाइँदैछ । यमपञ्चकको तेश्रो घर तथा कार्यालय सफासुग्घर र लिपपोत गरेर फूल तथा बत्तिले झिलिमिलि पारि लक्ष्मी पुजा गर्ने गरिन्छ ।
फोहोर र अध्यारो घरमा लक्ष्मी आउदिनन भन्ने मान्यताले यो दिन सजावट र सफाईमा बिशेष ध्यान दिने गरिन्छ । बिहानैदेखी विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली,भर्याङलगायत स्थानमा सरसफाइ गर्ने प्रचलन छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि भनिन्छ । लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मीलाई आमन्त्रण गर्ने गरिन्छ । पाइलैपिच्छे माटाको पालामा दीप प्रज्वलन गररेर लक्ष्मी आउने बाटो देखाइन्छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाअर्चना गर्ने गरिन्छ ।
कतिपय स्थानमा लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानेर पूजा गर्ने र दक्षिणा दिने चलन छ । आज साँझबाटै युवतीहरु समूह बनाई घरघरमा पुगेर भैलो खेल्ने गर्दछन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसीभैलो खेल्ने परम्पराले निरन्तरता पाउँदै आएको छ ।
शास्त्रीय मान्यतामा औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख भएपनि कहिकतै आजै गाईको पुजा गर्ने प्रचलन छ ।
क्याटेगोरी : देश / प्रदेश, सकारात्मक सोच, समाचार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्