Techie IT
Mission Khabar

स्याङजा अदालतमा मुद्दा फर्छ्यौँट बढ्दै, चार महिनामा एक सय मुद्धाको किनारा


स्याङ्जा–जिल्ला अदालत स्याङ्जाबाट पछिल्लो चार महिनामा एक सय मुद्दा फर्छयौट भएका छन् । अदालतले ४ सय ४६ मुद्धामध्ये पछिल्लो चार महिनामा एक सय मुद्धा फछ्यौट गरी मुद्दा फर्छ्यौटको यथार्थ लगत २२ दशमलब ४६ प्रतिशत पुर्याएको हो ।

ब्यक्तिवादी देवानी २ सय २६ मुद्धामा ५७, ब्यक्तीबादी फौजदारी एक सय २४ मध्ये ३२, सरकारबादी फौजदारी ८६ मा ११ मुद्धाको अन्तिम फैशला भएको छ । अदालतमा यस आर्थिक बर्षमा ८१ सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएकोमा नयाँ संहिता कार्यान्वयनपछि २३ वटा पुरुषवादी मुद्धा दर्ता भएका छन् ।

पुनराबेदन सरकारवादी फौजदारी १० मुद्धामा भने एउटा पनि फैसला भएको छैन ।  अदालतले जरिवाना बाफत दश लाख १९ हजार ४ सय ४८ रकम संकलन गरेको जानकारी दिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्