Techie IT
Mission Khabar

राज्यले नचिन्ने शिक्षा र शैक्षिक जनशक्ति, कृषीको परनिर्भरता घटाउने प्रयासमा पाल्पाको प्रभात मावी


अनु खनाल । पाल्पा–आत्मनिर्भर बन्नसक्ने क्षेत्रमा पनि राज्यले उत्पादकत्व बढाउन नसक्दा हाम्रो परनिर्भरता दिन प्रतिदिन बढ्दो छ । कृषी प्रदान देशको पहिचान दिइएको छ, नेपाललाई । तर यो क्षेत्रमा पनि आत्मनिर्भर बन्न सकिएको छैन । बरु कृषी उपजको भारततर्फको आयातको दायरा बढेर चीन, बंगलादेश सहित दर्जनौँ देशसम्म विस्तारित भएको छ ।

हुनत, स्वदेशमै कृषी शिक्षा दिने शिक्षालय नभएका होइन्, तर राज्यले यस्ता जनशक्तिको पहिचान गर्न र उनीहरुको बृद्धी विकासमा सहयोग नगर्दा शिपको सदुपयोग हुन सकेको छैन । हो, पाल्पा जिल्लास्थित प्रभात माध्यामिक विद्यालय रिब्दिकोट–७ मैनादीले कृषी शिक्षामा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीलाई शैक्षिक गतिविधि सहित स्वागत गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम, दिइरहेको विद्यालयले पशुपालन, मौरी तथा माछा पालन बारे प्राविधिक तथा व्यवसायीका ज्ञान सिकाउदै आएको छ । तरकारी तथा फलफूल खेती, लगायतको शिक्षा प्रभात माविबाट लिन सकिन्छ ।

प्रभात मावीबाट शैक्षिक सत्र ०७३\०७४ मै ७ जिल्लाका ४० विद्यार्थीले कृषी सिप लिए । जसमध्ये ९२ प्रतिशत बिशिष्ट श्रेणीमा अघिल्लो कक्षामा पुगेका थिए । शैक्षिक बर्ष ०७४\०७५ मा १० जिल्लाबाट कृषी शिक्षा लिन प्रभावत मावी पुगेकोमा पछिल्लो शैक्षिक सत्र ०७५\०७६ मा ७ जिल्लाबाट आएका ४० जान बृद्धार्थी कृषी प्रविधि र व्यवसायको शिक्षा लिइरहेका छन् । पाल्पाका १७, स्याङ्जाका ९, गुल्मीका ६, रोल्पा कैलाली र कपलिबस्तुका २\२ तथा रुपन्देहीका एक विद्यार्थी अहिले कृषी शिक्षा लिइरहेका छन् । उनीहरुले प्राविधिक ज्ञानसँगै प्रयोगात्मक पद्धतीबाट कृषी ज्ञान पाउँछन् । शुक्रबार मात्रै पनि उनीहरुलाई माहुरी पालन तथा मह काड्नेबारे प्राविधिक ज्ञान दिइयो ।

यो प्रतिनिधी विद्यालय मात्र होइन्, यस्ता शिक्षालयको संरक्षण र यहाँबाट उत्पादित जनशक्तिलाई सहि अर्थमा सदुपयोग गर्ने हो भने पनि हाम्रो कृषी उपजतर्फको परनिर्भरता कम गर्न सकिन्थ्यो की ?


क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्