Techie IT
Mission Khabar

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष ढुंगेलले पाएको अन्तर्राष्ट्रिय युवा पुरष्कार नेपाली युवाका लागी सम्मान


काठमाडौं–राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल ‘अन्तर्राष्ट्रिय युवा पुरष्कार–२०१८’ बाट सम्मानित भए । श्रीलंकाको कोलम्बोमा जारी दक्षिण एशियाली सम्मेलनमा युवा उद्यमशिलता र नेतृत्व विकास सम्वन्धि कार्यमा उत्कृष्ठ योगदान पुर्याएको भन्दै अन्तर्राष्ट्रिय युथ कमिटीले ढुंगेललाई सम्मान गर्यो ।

गत अगष्ठ २३ मा घोषणा गरिएको यो पुरस्कार नेपाली युवाले पाउनु आफैमा नेपाली युवा र उनिहरुको क्षमता र प्रतिभा माथीको सम्मान थियो । हरेक वर्ष युवाको क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने विश्वको १ जनालाई दिइने अन्तर्राष्ट्रिय युथ कमिटीको यो सम्मान नेपालको राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष ढुंगेलले पाउनुमा नेपाली युवाको सुधारिएको अवस्था पनि एउटा मुख्य कारण थियो । अनि सार्क राष्ट्रका सम्र्पूण देश लगायत अन्य ३० देशको सहभागित रहेको सम्मेलनमा उपाध्यक्ष ढंगेलले प्रस्तुत गरेको अहिलेसम्म नेपाल सरकारले युवाको क्षेत्रमा गरेको काम सहयोगी विवरण थियो ।

हुनत, युवाको क्षेत्रमा भएका संवैधानिक, नीतिगत, कानुनी, संरचनागत र कार्यक्रमगत सुधारका नयाँ व्यवस्थाले विश्व युवा सूचकमा नेपालले ६८ देशलाई पछि पारेको छ । विश्व युवा सूचकमा नेपाललाई १ सय ४५ स्थानबाट ७७ औँ स्थानमा ल्याउन राष्ट्रिय युवा परिषद र यसको उपाध्यक्षका नाताले ढुंगेलले ठूलो मेहनत गरेको जस पाउने गरेका छन् । युवा परिषद् स्थापना भएको २ वर्षको अवधिमा नेपालले ६८ देशलाई पछाडि पार्नु आफैमा सकारात्मक सुधार हो ।

यो बिचमा युवा सवाल पेचिलो मात्रै बनेको छैन, निति, कार्यक्रम र यूवाका लागि सिर्जना गरिएका रोजगारीमा कहि न कँही परिषदको भुमिका जोडिदै आएको छ ।


क्याटेगोरी : देश / प्रदेश, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्