Techie IT
Mission Khabar

चिकित्सा क्षेत्रको एउटा चमत्कार, मृत महिलाबाट प्रत्यारोपण गरिएको गर्भासयबाट जीवित बच्चालाई जन्म


एजेन्सी–चिकित्सा क्षेत्रमा मृत्यु भइसकेका व्यक्तिको अंगलाई जीवित मानिसमा प्रत्यारोपण गरेर क्रियाशिल बनाउनुलाई निकै महत्वपूर्ण मान्ने गरिन्छ । यसरी मृत व्यत्तिका केही अंग जीवितमा राख्ने प्रयास सफल भएकै कारण थुप्रै विरामीले राहत पनि पाएका छन् ।

फेरी चिकित्सा क्षेत्रलाई नै चमत्कार बनाउनेगरी विश्वमै पहिलो पटक मृत महिलाको गर्भाशय जीवित महिलामा प्रत्यारोपण गरेर सफलता मिलेको छ । ब्राजिलको साओपाओलो शहरमा २०१६ मा मृत महिलाको शरीरबाट गर्भाशय निकालेर अर्को महिलामा गरिएको प्रत्यारोपणले सफलता पाएको हो । १० घन्टामा सफल भएको प्रत्यारोपणले केही समयअघि सफलता पायो । कारण थियो, ती महिलाले प्रत्यारोपन गरिएको आमासयबाटै जीवित बच्चा जन्माउनु ।जीवित बच्चा जन्माउन सफल गर्भाशय तीन बच्चाकी आमाबाट लिइएको थियो । जसले दिमागबाट रगत बगेका कारण ज्यान गुमाएकी थिइन् । हरेक साढे चार हजारमध्ये एक महिलामा पाइने यो स्वास्थ्य समस्यापछि योनी र गर्भाशय सही रुपमा विकसित हुँदैन ।

हुनत यो प्रयासलाई सफल बनाउन डाक्टरहरुले आमा बन्ने महिलाको शरीरबाट अण्डाशय आउनुअघि पिता बन्ने व्यक्तिको स्पर्मलाई फर्टिलाइज गरेका थिए । रोग प्रतिरोधक क्षमता राम्रो नहुँदा गर्भाशय शरीरमा ठीकसँग व्यवस्थित हुन नसक्ने भएकाले उनलाई रोग प्रतिरोधात्मक क्षमता उच्च बनाउने औषधी दिइएको थियो । सात महिनापछि रजश्वला भएको समयमा फर्टिलाइज्ड अण्डाशयलाई महिलाको गर्भाशयमा राखिएकोमा १५ डिसेम्बर २०१७ मा मृत महिलाको गर्भाशय पाउनेले अपरेशनमार्फत २.५ किलोग्रामको स्वस्थ बच्चालाई जन्म दिइन् । र चिकित्सा क्षेत्रमा एउटा चमत्कारिक कदमले सफलता पाएको छ ।

साओपाओलोको हस्पिटल दास क्लिनिकका डा. दानी एजेनबर्ग जीवित दानकर्ताको गर्भाशयको अभाव र झञ्जट टार्न यो कदम चालिएको र सफलता मिलेको बताउछन् । यसअघि पनि मृत महिलाको गर्भाशय प्रत्यारोपण प्रयास नभएको भने होइन्, तर अपरेशन सफल भएपनि ती महिलाको गर्भपात हुँदै आएको थियो ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध, शिक्षा / स्वास्थ्य, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्