Techie IT
Mission Khabar

नेपाल ब्यापार संघको सहयोगी मन, असहाय र अनाथको आश्रय बनेको मानव सेवा आश्रमलाई १ सय १२ थान ब्लाङ्केट



काठमाडौं–नेपाल ब्यापार संघले मानव सेवा आश्रमलाई १ सय १२ थान ब्लाङ्केट उपलब्ध गराएको छ । असहाय, बृद्धबृद्धा, अनाथ र सडक बालबालिलाई आश्रय दिइरहेको काठमाडौं सामाखुसीस्थित मानव सेवा आश्रममा पुगेर संघले ब्लाङ्केट बितरण गरेको हो ।

सवोत्कृष्ठ जीवन–सास्वत चिन्तनको अवधारण बोकेर कोही पनि सडकमा भोको र नाङ्गो रहन नपरोस भन्ने अभियान चलाइरहेको मानव सेवा आश्रमलाई नेपाल ब्यापार संघले यसअघि पनि लत्ताकपडा, खाद्यान्न र आर्थिक सहयोग गर्दै आएको छ ।

असहाय र अनाथहरुलाई जाडोमा थोरै भएपनि राहत दिने उद्देश्यले ब्लाङकेट वितरण गरिएको नेपाल ब्यापार संघका अध्यक्ष कुमार कार्कीले बताए । व्यापार व्यवसायबाट कमाएको केही पैसा गरिब र असहायको सेवामा खर्च गर्ने उद्देश्यले थुप्रै व्यवसायीहरुको सहयोगमा यो अभियानले निरन्तरता पाइरहेको उनको दाबी थियो ।

कार्यक्रममा सेवा नै मानवहित र ठूलो धर्म भएको भन्दै मानव सेवा आश्रमका प्रमुख संरक्षक गोबिन्द टण्डनले सहयोगी हातको साथबाट आश्रमलाई विकास र विस्तार गरिएको बताए । अहिलेसम्म काठमाडौं सहित देशका विभिन्न ११ स्थानमा विस्तार भएको आश्रम प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशमा विस्तार गर्ने योजना अघि बढेको संरक्षक टण्डनको भनाई थियो । काठमाडौंको आश्रममा बृद्धबृद्धा र बालबालिका गरेर ४७ जना बस्दैआएका छन् ।

अहिलेसम्म काठमाडौं, पोखरा, चितवन, गोर्खा, लमजुङ, बागलुङ रुपन्देही, धनगढी र पर्शामा मानव सेवा आश्रम सञ्चालनमा छ भने हेटौंडामा आफ्नै भवनसहितको आश्रम सञ्चालनको तयारीमा छ । युवा परिचालन गरेर सडक बालबालिका तथा साहारा नपाएका दिनदुखीहरुलाई संरक्षण र आश्रय दिइरहेको मानव सेवा आश्रममा ५०० सय जना बस्दैआएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्