दुर्गममा विशेषज्ञ चिकित्सक जादैनन भन्ने बुझाईमा ब्रेक थ्रु, ४ चिकित्सक सुर्खेत पुग्दा हुम्ला जान १५० को निवेदन
काठमाडौँ–दुर्गममा विशेषज्ञ चिकित्सक सेवा दिन जादैनन भन्ने बुझाइलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गलत सावित गरिदिएको छ । प्रतिष्ठानले आफ्ना चार जना युवा विशेषज्ञ चिकित्सकलाई सुर्खेत अस्पतालमा काम गर्न पठाएर सरकार र समुदायका लागि नयाँ उदाहरण प्रस्तुत गरेको छ ।
स्वास्थ्य मन्त्रालयले सुर्खेत अस्पतालमा विशेषज्ञ चिकित्सक खटाउँदा पनि नगएको र लामो समय नटिकेको दाबी गर्दैगर्दा सुर्खेत अस्पतालमा विशेषज्ञ चिकित्सक सेवाको अभाव टार्न प्रतिष्ठानले विषयगत विधाका फरकफरक चिकित्सक मङ्गल रावल, हरिहर देवकोटा, रमेश भट्टराई र राजिव शाहलाई जुम्लाबाट सुर्खेत अस्पताल काम गर्न पठाएको छ । उनीहरु सेवाका लागि तयार भएपछि पठाइएको बताइएको छ । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्ले भन्छन्, सुर्खेत अस्पतालको मागअनुसार प्रतिष्ठानले आफ्ना विशेषज्ञ चिकित्सकलाई सेवा गर्न पठाएको छ । अगामी दिनमा पनि प्रतिष्ठान र अस्पतालको सहकार्यले निरन्तरता पाउछ ।
अहिले प्रतिष्ठानमा प्रायः नेपालबाट नै मेडिकल शिक्षा अध्ययन पूरा गरेका ४५ युवा चिकित्सक कार्यरत रहेका छन् । एमबिबिएस र एमडिजिपी तहका अध्ययन अध्यापनका लागि चिकित्सा विधाका विभिन्न सङ्काय (फ्याकल्टी) कमिटी गठन गर्नेक्रम रहेको प्रतिष्ठान १५० विशेषज्ञ चिकित्सकले जुम्ला जान निवेदन दिएको बताइरहेको छ । यसले दुर्गममा विशेषज्ञ चिकित्सक पठाउन गाह्रो छ, टिकाउन सकिन्न भन्ने स्वास्थ्यका अधिकारी र सरकारमाथी नै शंका उब्जाइदिएको छ ।
नीजिमा सेवाका नाममा महंगो जागिरसँगै सरकारी अस्पतालमा पाहुँना जसरी पुग्ने चिकित्सकलाई राज्य र जनताको सेवामा इमान्दार बनाउन नसक्नु सरकार र स्वास्थ्य मन्त्रीको कमजोरी हो । यसमा सुधार आवश्यक छ ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, सकारात्मक सोच, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्