“पिक एण्ड ड्रप” अभियान : जाम घटाउने रणनीति कि लोकप्रियताको परिक्षण ?
काठमाडौं– बढ्दो क्रममा रहेको सवारी जाम हटाउन भन्दै काठमाडौँ महानगरपालिकाले टुँडिखेल आसपासका सडकमा “पिक एण्ड ड्रप” अभियान सुरु गरेको छ । आइतबारबाट सुरु भएको अभियानसँगै सहिद गेट, एनएसी लगायतका क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु पर्खेर बस्न पाउनेछैनन् । उनीहरुले यात्रु ओराल्ने र चढाउने सिमित समय मात्रै पाउनेछन् ।
भाडाका सवारी साधनले लामो समयसम्म यात्रु कुर्दा जाम हुने र धेरैको उत्पादनशील समय खेर गएको गुनासो बढेपछि यो अभियान ल्याइएको महानगरले जानकारी दिएको छ । टुँडिखेलतर्फबाट सिंहदरबार हुँदै बानेश्वर जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँ बायाँको भृकुटीमण्डप स्टप र माइतीघरबाट बबरमहलको बीचमा मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् । पहिलो चरणमा विभिन्न ११ वटा रुटमा ‘पिक एण्ड ड्रप’ कार्यक्रम लागू गर्ने तयारी छ । एक सवारी साधनले एक स्थानबाट मात्र यात्रु ओराल्न र चढाउन पाउने छन् । तोकिएको ‘स्टप’ बाहेक अन्य स्थानमा यात्रु ओराले वा चढाउने गरेमा कारवाही भोग्नुपर्नेछ ।
परिक्षणका रुपमा सुरु गरिएको अभियानले सफलता पाएपछि उपत्यकाका सबै सडकमा पिक एण्ड ड्रप नियम लागू गर्ने महानगरको तयारी छ । यस्ता धेरै अभियान काठमाडौं सहित देशका विभिन्न ठाउँमा परिक्षण भएका छन् । अनि निश्चित ठाउँमा मात्रै यात्रु ओराल्न, चढाउन सडक संकेत पनि राखिएका छन् । तर कार्यान्वयन पक्ष निक्कै फितलो देखिन्छ । अभियानको दिगोपनसँगै सरोकारवालामा सचेतना बढाउन पनि ध्यान दिनु आवश्यक छ ।
क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, सकारात्मक सोच, समाचार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्