एमबीबीएस पठनपाठनको तयारीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कार्यदलले थाल्यो अध्ययन

जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन सम्भाव्यता अध्ययनका लागि कार्यदल कर्णाली प्रदेशको जुम्ला पुगेको छ । वीर अस्पतालका प्रा.डा.श्रीकृष्ण गिरीको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदल शनिबार जुम्ला पुगेको हो ।
टोलीमा विश्वविद्यालय अनुदान आयोगका केदारप्रसाद आचार्य, शिक्षा मन्त्रालयका विष्णुप्रसाद मिश्र र कर्णाली प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले छन् । एमबिबिएस अध्ययन शुरु गर्दा आइपर्ने समस्या, चुनौती र सम्भावना अध्ययन गरी प्रतिवेदन तयार गर्ने र शिक्षा मन्त्रालयलाई बुझाउने कार्यदलको योजना रहेको छ । दुई दिन जुम्लामा बस्ने कार्यदलले शिक्षा मन्त्रालयले खोजेका सबै पक्षलाई अध्ययन गरी प्रतिवेदन तयार पार्ने संयोजक प्रा. डा. गिरीले बताए । कार्यदलले प्रतिनिधिसभाका सांसद गजेन्द्रबहादुर महतसहित राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन तथा प्रतिष्ठानसँग आइतबार बाटै छलफल सुरु गरेको छ ।
नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले कर्णाली प्रदेशको जुम्ला १० जिल्लाको केन्द्र भएको भन्दै अन्तर जिल्ला सडक संजालले जोडिएकोले एमबिबिएस कार्यक्रम अत्यावश्यक हुने बताएका थिए । यता, प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंका अनुसार एमबिबिएस पढाइका लागि प्राध्यापक भर्ना गर्ने प्रक्रिया अघि बढाएको प्रतिष्ठान पूर्वाधार निर्माण तथा आधारभूत विज्ञान प्रयोगशाला र पाठ्यक्रमको तयारीमा जुटेको छ । चालु शैक्षिक सत्रमा स्नातक तहको जनस्वास्थ्य विषयमा अध्यापन सुरु गराउन प्रवेश परीक्षा समेत प्रतिष्ठानले लिइसकेको बताइएको छ । जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरामा स्वास्थ्य क्षेत्रको विकास गर्न सरकारले २०६८ सालमा जुम्लामा यो प्रतिष्ठान स्थापना गरेको थियो ।
प्रतिष्ठानले नर्सिङका प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्रि तथा स्वास्थ्य र बेहोस पार्ने (ऐनेस्थेसिया) सहायक तर्फको शिक्षा दिदै आएको छ । प्रा.डा. गोविन्द केसीले एमबीबीएस पढाइ सञ्चालनको माग राखेर जुम्लामै अनशन बसेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वीर अस्पतालका प्रा.डा.श्रीकृष्ण गिरीको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, सकारात्मक सोच, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्