आत्तरखेल युवा समाजले पायो नयाँ नेतृत्व, युवा जागरण र विकासमा सहयोगी बन्ने सांसद राईको प्रतिबद्धता

काठमाडौं – गोकर्णेश्वर नगरपालिका–८ आत्तरखेलस्थित आत्तरखेल युवा समाजले नयाँ नेतृत्व पाएको छ । समाजको पहिलो बार्षीक साधारण सभाले सुमन लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा अमर तामाङ र सुजन राज श्रेष्ठ सचिबमा दिनेश राई, सह सचिबमा दुर्गा लाल श्रेष्ठ, कोषाध्यक्षमा प्रकाश तामाङ चयन भए । साधारण सभा मार्फत सुन्दर तामाङ, प्रदिप काफ्ले, सुजन बस्नेत, सुरज तामाङ,सुरज श्रेष्ठ सजन भण्डारी, र सुजन भण्डारी सदस्यमा चयन भएका छन् । यस्तै पहिलो साधारण सभाले प्रमुख सल्लाहकारको रुपमा प्रतिनिधि सभा सदस्य कृष्ण राई र सल्लाहकारका रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिकाका प्रवत्ता एंवं वडा नं ८ का वडा अध्यक्ष मनोज ढुंगाना, जिल्ला समन्वय समिति काठमाडौंकि सदस्य एवं गोकर्णेश्वर नगरपालिका वडा नं ८ की वडा सदस्य सान्नानी लामा, जया देबकोटा कलेजका प्राचार्य भवानी पौडेललाई चयन गरेको छ ।
साधारण सभाले आर्थिक, सांगठनिक लगायतका प्रतिवेदनमाथी छलफल गर्दै पारित समेत गरेको थियो । लिटिल बड स्कुलको सभाहलमा भएको साधारण सभामा सांसद कृष्ण राईले समाजले सुरुवाती दिन देखि नै राम्रा र उल्लेखनिय काम गरेको भन्दै सबैजना एक भएर एकीकृत समाज निर्माण र बिकासमा जुट्नुपर्ने बताए । गोकर्णेश्वर नगरपालिकाको प्रमुख सल्लाहकार दिपक रिसाल, नगरपालिकाका प्रवक्ता मनोज ढुङ्गानाले युवा समाजले गर्दै आएको समाज सेवाको काममा सहयोगी बन्ने बताएका थिए ।
आत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामाले यूवाहरुलाई सामाजिक काममा क्रियाशिल बनाउन भुमिका खेलेको स्मरण गराउँदै निरन्तरता दिने बताएका थिए ।
क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, सकारात्मक सोच, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्