Techie IT
Mission Khabar

भीमेश्वर नगरपालिकाले सुरु गर्यो निःशूल्क स्वास्थ्य शिविर, जेष्ठ नगरिक लक्षित शिविर हरेक वडामा पुग्दै


सुरज बस्नेत ।  चरिकोट– दोलखास्थित भीमेश्वर नगरपालिकाले जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले निशुल्क स्वस्थ्य शिविर सुरु गरेको छ । नगरपालिकाले नगरका नौँ वटै वडामा स्वास्थ्य सिविर सञ्चालन गर्ने उद्देश्य सहित वडा नम्बर ७ कुटीडाँडाँ स्वास्थ चौकीबाट निःशूल्क सिविर सुरु गरेको हो ।

सोमबार जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले प्राथमिक स्वस्थ्य केन्द्र चरिकोटका प्रमुख डा। क्षमता घिमिरेलाई विपि सेट हस्तान्तरण गरेर कार्यक्रमको सुभारम्भ गरे । प्रमुख अतिथि समेत रहेका पाण्डेले जेष्ठ नागरिक अलिखित इतिहास भएको बताउदै उनीहरुको स्वास्थ्य, सम्मान र संरक्षणमा स्थानीय सरकार गम्भिर बन्नुपर्ने बताए ।

भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले जेष्ठ नागरिकले हिजोको दिनमा गरेको योगदानलाई भुल्न नहुने भन्दै योगदानको सम्मान स्वरुप स्वस्थ्य शिविर सञ्चालन गरिएको र निरन्तरता दिइने बताए । सामाजिक सुरक्षा भत्ताका लागि बैंकमा खाता खोल्न आग्रह गरेका मेयर केसीले प्रत्येक वडामा बैंक प्रतिनिधि पठाएर भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

भीमेश्वर नगरपालिका स्वास्थ शाखाको आयोजनामा बुधबारबाट सुरु भएको निशुल्क स्वास्थ शिविर मार्फत एलेपेथिक सेवा, आयुर्वेद सेवा, आँखा उपचार, दाँत उपचारका साथै निःशूल्क औषधी बितरण गरिएको छ । प्राथमिक स्वस्थ्य केन्द्र दोलखा, प्रस्तावित चरिकोट अस्पताल न्याय हेल्थ नेपाल, दोलखा लायन्स आँखा केन्द्र, जिल्ला आयुर्वेद केन्द्र, जिल्ला स्वास्थ्य कार्यलय दोलखाले सिविर सञ्चालनका लागि औषधी सहयोग गरेका छन् । यस्तै शिविरमा जिल्ला आयुर्वेद स्वस्थ्य केन्द्रका निमित्त प्रमुख बिमल कुमार श्रेष्ठ, नेत्र सहायक विप्लव खड्का, डेन्टल सर्जन प्रतिमा खड्का र एलेपेथिक सेवाका लागि डाक्टर क्षमता घिमिरे लगायतको टोली खटिएको छ ।

पुस २० गतेसम्म चल्ने कार्यक्रम अन्तरगर्त ११ गते लाकुुरीडाँडा स्वास्थ चौकी लाकुरीडाँडामा र १२ गते बोच स्वास्थ चौकीमा शिविर सञ्चालन भैसकेको छ । १३ गते माटी स्वास्थ चौकी माटी, १६ गते जिलु शहरी स्वस्थ्य केन्द्र टहले, १७ गते दोलखा स्वास्थ चौकी दोलखा, १८ गते सुस्पा क्षमावती स्वास्थ चौकी क्षमावती, १९ गते वडा नम्बर ६ को वडा कार्यालय घ्यावपानी र २० गते कालिञ्चोक मावि चरिकोटमा स्वास्थ शिविर कार्यक्रम सञ्चालन हुँनेछ ।

पहिलो शिविरमा ६४ जना महिला र ५९ पुरुष गरि जम्मा १२३ जना जेष्ठ नागरिकले उपचार सेवा लिएको भिमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले जानकारी दिइन् । सिविरबाट ९४ जनाले आयुर्वेद, ७४ ले एलेपेथिक, ७४ जनाले आँखा र १० जना दाँतका बिरामीले उपचार सेवा लिएका थिए । दोश्रोदिन अझ धेरैले स्वास्थ्य सेवा लिने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्