Techie IT
Mission Khabar

छात्राहरु बन्दैछन् उत्कृष्ठताको नमुना, प्रधानमन्त्री भन्दैछन्– विश्वविद्यालय र क्याम्पस जीवनको पाठशाला बनेनन्


काठमाडौं–महिलाले केही गरेनन् र गर्न सक्दैनन भन्ने पारिवारी अनि सामाजिका सोचमा परिवर्तन नआएपनि महिला सबलिकरणमा भने उल्लेख्य प्रगती भइरहेको छ । त्रिभुवन विश्वविद्यालयको ४४औँ दीक्षान्त समारोहमा पदक पाउने छात्राको संख्या धेरै हुनुले पनि यसलाई पुष्टि गरेको छ ।

विभिन्न विषय र संकायमा उत्कृष्ट हुनेलाई दिइने ३१ दीक्षान्त पदक मध्ये यस वर्ष छात्राले १८ पदक पाएका छन् । स्नातक र स्नातकोत्तरका सम्पूर्ण परीक्षामा छात्रा नै प्रथम भएका जुन सत्य त्रिविले सोमबार एमफिल, स्नातकोत्तर र स्नातक तहको दीक्षान्त पदक एवं पुरस्कार प्रदान गरेको समारोहबाट सार्वजनिक भएको छ । स्नातकोत्तर तहमा रामपुर क्याम्पसकी छात्रा सुलोचना श्रेष्ठ र स्नातकको पदक नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सकी छात्रा स्वेच्छा जोशीले प्राप्त गरे । ९०.८८ प्रतिशत ल्याएकी सुलोचनाले चान्सलरसहित तीन पदक प्राप्त गरिन् । उनले त्रिवि प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानान्धर स्वर्ण पदक पनि हात पारिन् ।

त्रिविकी शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठी पनि पछिल्ला वर्षहरूमा छात्राहरूले बढी मेहनत गर्ने गरेकाले नतिजा उत्कृष्ट हुँदै गएको बताउँछिन् । यता, सर्वोत्कृष्ट २३ विद्यार्थीमध्ये १४ छात्रा नै थिए । दुई विद्यार्थीले तीन÷तीन पदक प्राप्त गरेका थिए । एमए अर्थशास्त्रमा प्रथम हुने अर्थशास्त्र केन्द्रीय विभागका महेश आचार्यलाई तारापद चौधरी पदक, खगेन्द्रमानसिंह प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पदक गरी तीनवटा पदक प्रदान गरेका छन् । त्रिविको दिक्षान्त अब्यवस्थित बनेसँगै पछिल्लो समय दिक्षित हुन जानेहरुको संख्या भने घट्दो छ । ७४ हजार योग्य ठहर भएको पछिल्लो दिक्षान्तमा साढे नौ हजार मात्रै सहभागी हुनुले अब्यवस्था झल्काएको थियो ।

४४ औँ दिक्षान्तबाट कृषिमा एक सय एक, शिक्षाशास्त्रमा ८ सय ५३, मानविकीमा दुई हजार ४०, इन्जिनियरिङमा एक हजार २ सय ९, वन विज्ञानमा २८ दीक्षित भए । यस्तै, कानूनमा १ सय ५८, चिकित्सामा ९ सय ६६, व्यवस्थापनमा २ हजार ९ सय ६५ र विज्ञानमा १ हजार १ सय ८४ विद्यार्थी दीक्षित भएका छन् । समारोहमा प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी ओलीले दीक्षित विद्यार्थीहरूलाई आफ्नो प्रतिज्ञा नबिर्सिन आग्रह गर्दै विश्वविद्यालयलाई सिद्धान्त घोकाउने पाठशाला मात्रै नबनाएर जीवनको पाठशाला बनाउनुपर्ने बताएका थिए ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्