गुफाडाँडा जलवायु सम्मेलन, १० बुँदे ‘साझा सिन्धु’ घोषण पत्रसँगै समापन

सिन्धुपाल्चोक–दश बुँदे ‘साझा सिन्धु’ घोषणपत्र जारी गर्दै प्रथम राष्ट्रिय जलवायु सम्मेलन सम्पन्न भएको छ । सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आयोजित सम्मेलन जलवायु परिवर्तन तथा यसले पारेका असरबारे वैज्ञानिक खोज अनुसन्धान र नीतिगत सुधार सहितको ‘साझा सिन्धु’ घोषणा पत्र जारी गर्दै समापन भएको हो ।
घोषणा पत्र मार्फत जलवायु परिवर्तनले मानव जीवनमा पारेको नकारात्मक असरबारे भरपर्दो सूचना प्रवाहको आवश्यकता, समुदायमा आधारित जलवायु अनुकूलन तथा न्यूनीकरणका उपायलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तर्जुमा गर्न सरकारलाई सुझब दिइएको छ । यस्तै, सम्मेलनले विश्वमा भइरहेको औद्योगिक चाप, वातावरण प्रदूषण तथा प्राकृतिक स्रोतको अव्यवस्थित दोहनका कारण जलवायु परिवर्तनको असर नेपालमा देखापरेको निष्कर्ष सहित वनजङ्गल, जलस्रोत तथा हिमशृङ्खला भएका देशमा प्राकृतिक सम्पदामा बचाउन अन्तर्राष्ट्रिय स्तरमै कार्बन उत्सर्जन रोकथामका लागि दबाब दिनुपर्नेमा जोड दिएको छ ।
देशका ७७ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रतिनिधिलगायत जलवायु विज्ञको सहभागितामा भएको सम्मेलन सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।
क्याटेगोरी : देश / प्रदेश, सकारात्मक सोच, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्