चर्चितहरुको पारिवारिक जीवन तहसनहस हुँदै, कारण र निवारण : अमृत खरेल

अमृत खरेल । एक दृष्टिकोण–देशमा चर्चित भनिएकाहरूकै अधिकांशको व्यक्तिगत पारिवारिक जीवन चाहिँ तहसनहस देखिन्छ। अपवाद स्वरुप कतिपयले मानवीय क्षतिका दुखद कारणबाट पनि एकभन्दा बढी घरबार गरेको अवस्था भएपनि धेरैजसो सार्वजनिक जीवन बिताउन उद्यत कलाकार, राजनीतिज्ञ, पत्रकार, कानून व्यवसायी, न्यायकर्ता, चिकित्सक, शिक्षक, उद्योगी, बैंकरहरु समेतको आफ्नो जीवनसाथी र घरपरिवारप्रति नै कुनै प्रतिबद्धता नरहनु भनेको सांस्कृतिक विचलन र भ्रष्टीकृत मानसिकता हो।
यो समस्याबाट निम्न प्रवृत्ति उजागर हुन्छ :
– नेपालमा अझै सार्वजनिक जीवन सभ्य, सदाचारयुक्त र विपरीतलिंगीप्रति सहिष्णु भइसकेको छैन।
– सार्वजनिक र व्यावसायिक जीवन आचारसंहिताबाट मार्गनिर्देशित भइरहेको छैन।
– सार्वजनिक जीवनमा कुनै एजेन्डाका कारण विपरीत लिंगीहरु बीच मित्रवत सम्बन्ध र निकटता हुने बित्तिकै त्यसलाई यौनजन्य आकर्षण र भोग विलासको रोमान्सको संकुचित दृष्टिकोणले लिने चलन अझ व्यापक छ।
– परिवारप्रतिको जिम्मेवारी बोध सहित सार्वजनिक जीवन बिताउने संयमता अत्यन्त कम रहेको छ।
– खुलापन र आधुनिकता भनेकै यौनिक र क्षणिक सन्तुष्टिको स्वच्छन्दता भनेर कथित शिक्षित समुदायमा भ्रम रहेको छ।
– डलरको बलमा जबर्जस्ती लादिएको महिलावादी दृष्टिकोणको सबैभन्दा ठूलो हिमायतीहरूलाई यौन अराजकता नै महिला समानताको सहज उपाय हो भन्ने भ्रम छ।
– लिभिंग टुगेदर, विवाहोत्तरको सम्बन्ध, विवाहपूर्वको शारीरिक सम्बन्ध, पार्टी र डिस्को कल्चर नै आधुनिक र सम्भ्रान्त उपल्लो स्तर जनाउने द्योतक हो भन्ने अतिवादी दृष्टिकोण सार्वजनिक जीवनापेक्षीहरूमा भ्रमका रुपमा व्याप्त छ।
– डिभोर्सको प्रयोग नै जीवनमा उन्मुक्ति र छनोट अर्थात् जीवनको लोकतन्त्र हो भन्ने नयाँ पिँढीमा भ्रम छ।
– सार्वजनिक जीवनलाई चर्चा कमाउने माध्यम वा साधन मात्र तुल्याई वैयक्तिक लाभ छिटो प्राप्त गर्ने महत्वकाक्षी वैश्य समाज निर्माण हुदै गइरहेको छ।
अत: आदर्श ढंगले साधारण र सदाचारसहित परिवारको भरणपोषण गरी समाजमा आफ्नो क्षेत्रमा केही योगदान पनि दिएका मानिस र सस्तो लोकप्रियतामा लाग्ने तर निजी मामलाको नाममा पतीत ढंगको जीवन बिताउनेबीच एकै ढंगले तुलना हुन सक्दैन।
सार्वजनिक जीवन बिताउन चाहनेको हकमा अनैतिक कार्य जति निजी मामलाको नाममा समाजले पचाउन र सहर्ष स्वीकार गर्न सक्दैन।
लेखक खरेल अध्यापन र कानुन व्यवसायमा अवद्ध छन्
क्याटेगोरी : सकारात्मक सोच, समाचार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्