Techie IT
Mission Khabar

पूर्वप्रहरी निरीक्षकको ट्राफिक मोह, जनचेतना जगाउन हाछेथुले उतारे ट्याटु


काठमाडौं–सामान्यतया ट्याटु भन्ने वित्तिकै शरिरका विभिन्न भागमा आफूलाई मनपर्ने दृश्य वा चित्र उतार्ने कला हो । धेरै जसोले विभिन्न चित्र र प्यारो व्यक्तिका नाम उतार्छन् । तर ट्राफिक सेलिब्रेटीकाका रुपमा चिनिएका पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथुले भने हातमा ट्याटु बनाएर जनचेतना जगाउन थालेका छन् ।

हाछेथुको नाडीमा ट्राफिक नियम पालना गरौं । भन्ने चेतना ट्याटुमा उतारिएको छ । प्रहरी सेवामा २९ वर्ष काम गरेका हाछेथु ट्राफिक नियमबारे सचेत गराउन नयाँ शैली अपनाएको बताउँछन् । नारा सामान्य भएपनि यसबाट धेरैको ज्यान जोगाउन सकिन्छ भन्ने उनको सोच छ । ५३ वर्षको उमेरुमा ट्याटु बनाउन धेरै गाह्रो भएपनि बाँकी जीवनलाई ट्राफिक सचेतनामा खर्चिने निर्णय सहित यो कदम लिएको उनी बताउँछन् ।


क्याटेगोरी : देश / प्रदेश, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्