विद्यार्थीलाई नियमित गराउन पर्वतको एक विद्यलयले ल्याएको भत्ता कार्यक्रम, ४ कक्षा पढ्दा ३६ हजार भत्ता
पर्वत– कक्षा तीनसम्म पनि नपढी विद्यालय छाड्ने बालबालिका बढेपछि पर्वतको एउटा विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामग्रीसँगै भत्ता वितरण थालेको छ । कुश्मा नगरपालिका १ पाङको मालढुङ्गामा सञ्चालित श्रमिक प्राथमिक विद्यालयको कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालेको हो ।
भत्ता कार्यक्रमपछि भर्ना गरेर पठनपाठनलाई नियमितता नदिने समस्या केही घट्न थालेको विद्यालय बताउँछ । प्रधानाध्यापक तेजेन्द्रप्रसाद आचार्यको पहलमा गतवर्षदेखि सुरु भएको प्रतिविद्यार्थी वार्षिक ३६ हजार ४ सय रुपैयाँ भत्ता दिन कार्यक्रमलाई निरन्तरता दिइएको छ । गत वर्ष ५ विद्यार्थीले भत्ता पाएकोमा यो बर्ष भत्ता लिने विद्यार्थीको संख्या बढ्ने अनुमान गरिएको छ ।
भर्ना गरेर बिचैमा छाड्ने विद्यार्थीलाई नियमित गर्न यो अभियान प्रभावकारी होला वा नहोला तर यसलाई सबै सरकारी स्कुलमा नियमित गर्न सकेमा पैसा अभावमा अशिक्षित बन्नेहरुको संख्यामा कमि आउनेछ ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, सकारात्मक सोच
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्