Techie IT
Mission Khabar

बृद्धबृद्धाको स्वास्थ्य जाँच तथा उपचारमा प्रहरी, निरन्तरताको अपेक्षा


काठमाडौं–नेपाल प्रहरीले समुदायसँग नजिक हुने विभिन्न कार्यक्रम सञ्चालन गरिरहदा मंगलबार स्वास्थ्य जाँच शिविर सञ्चालन भएको छ । प्रहरीले टोखा नगरपालिका ९ स्थित हिमालयन बृढाश्रममा पुगेर ३१ जना बृद्धबृद्धाको स्वास्थ्य जाँच गरेको हो ।

नेपाल प्रहरी महाराजगञ्जका प्रहरी निरिक्षक डाक्टर अमिर कुमार ठाकुरले ३१ जना बृढबृढाहरुको स्वास्थ्य जांच गरेका हुन् । यो अभियानमा सामुदायिक प्रहरी शाखा प्रमुख टेकुका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेल, महानगरीय प्रहरी प्रभाग गोंगबुका प्रमुख मोहन केसीसँगै विभिन्न सामुदायीक प्रहरी सेवा केन्द्रले साथ दिएका थिए ।

सहज स्वास्थ्य सेवको पँहुच नपाउनेहरुलाई घरदैलोमै पुगेर रोगको पहिचान र निदान खोज्ने अभियानमा प्रहरी पनि साझेदार बन्नु सकारात्मक सुरुवात हो । सामुदायीक प्रहरी गोंगबुले यो अभियानलाई निरन्तरता दिने बताएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, सकारात्मक सोच, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्