Techie IT
Mission Khabar

समायोजनमा जाने कर्मचारीको आवेदन संख्या बढ्दै, दैनिक आठ हजारले भर्छन फारम


काठमाडौं–कर्मचारी समायोजनको मिति सकिन लाग्दा फारम भर्ने कर्मचारीको संख्या बढ्न थालेको छ । सुरुवाती समयमा दैनिक चार हजारको संख्यामा फारम भर्दै आएकोमा अहिले दैनिक आठ हजार कर्मचारीले फाराम भर्न थालेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार गत बिहीबारबाट संघ, प्रदेश र स्थानीय तीनै तहमा फाराम भर्नेको संख्यामा दोब्वर वृद्धि भएको छ । अहिलेसम्म करीब ३६ हजार ९ सय ६७ कर्मचारीले समायोजन रोजिसकेका छन् भने करीब ५६ हजार ५ सय कर्मचारीले समायोजनका लागि अनलाइन फारम अभिलेखन गरेका छन् । मन्त्रालयले यही पुस ११ गते कर्मचारीलाई २१ दिने सूचना मार्फत समायोजनको अनलाइन आवेदन फाराम भर्न आह्वान गरेको थियो ।

सुरुवाती समयमा आधा कर्मचारी पनि सहभागी नहोलान भनेर आत्तिएको मन्त्रालय पछिल्लो सक्रियताबाट भने हौसिएको छ । मन्त्रालय अधिकांश कर्मचारी समायोजन प्रक्रियामा सहभागी हुने विश्वासमा छ ।


क्याटेगोरी : जीवन भोगाई, सकारात्मक सोच, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्