Techie IT
Mission Khabar

प्रदेश–१ ले थाल्यो हिउँदे अधिवेशनको तयारी, माघ दोश्रो साताबाट बैठक


विराटनगर–प्रदेश–१ सरकारले माघ दोस्रो साताबाट संसदको हिउँदे अधिवेशन आह्वान गर्नेगरी तयारी अघि बढाएको छ । मुख्यमन्त्री शेरधन राईका अनुसार प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अधिवेशन बोलाउन ढिलाई भएको भन्दै आलोचना गरेपछि माघ दोस्रो साताबाट अधिवेशन आह्वान गर्ने गरि तयारी थालिएको हो ।

आइतबार पत्रकार महासंघ प्रदेश १ ले बुझाएको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राईले प्रदेश राजधानी र नाम टुंगो लगाउने गरी माघ दोस्रो साता अधिवेशन आह्वान गर्ने तयारी भएको जानकारी दिए । मुख्यमन्त्री राईले आउदो अधिवेशनबाट बिषयगत संसदीय समितिका सभापति चयन हुने तथा प्रदेशसभाका लागि आवश्यक बिजनेस सरकारले तयार गरेको बताए । चिसोका कारण अधिवेशन केही पर सारिएको मुख्यमन्त्री राईले बताए ।

संरचना र कानुन बनाउन समय खर्चिएको प्रदेश सरकारले अब जनताले अनुभूति गर्ने गरी काम गर्ने मुख्यमन्त्री राइको जिकिर थियो । उनले प्रदेश सरकार गठन भएको १० महिना पुरा हुँदा पनि देखिनेगरी सकारात्मक काम नभएको स्विकार गर्दै जनगुनासो आउनु स्वभाविक भएको बताए ।


क्याटेगोरी : देश / प्रदेश, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्