Techie IT
Mission Khabar

पेट्रोल पम्पको बद्मासी, कम तेल भरेर ठग्दैआएका तीन पम्प कारवाहीमा


बारा–कम मात्रामा तेल भरेर उपभोत्ता ठग्ने तीन वटा पेट्रोल पम्प नेपाल गुणस्तर तथा नापतौल विभागको कारवाहीमा परेका छन् । यसरी कारबाही गरिनेमा लामो समयदेखी परिणाम कम गरेर उपभोक्ता ठग्दै आएका बारा जिल्लाकै तीनवटा पम्प छन् ।

विभागको टोलीले सिल विगारेर पेट्रोल तथा डिजेल बिक्री वितरण गर्दै आएको भेटेपछि बारा सिमरोनगढको कृष्ण आयल स्टोर, तेलकुवाको सोनु आयल ट्रेडर्स कभिगोठको आयुष आयल स्टोरलाई सिल गरेको हो । बिक्री गर्ने मात्राभन्दा कम मात्रामा तेल बिक्री वितरण गरेपछि कारवाही गरिएको विभागले जानकारी दिएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, सकारात्मक सोच

तपाईको कमेन्ट लेख्नुहोस्