Techie IT
Mission Khabar

नवराज लम्सालको “रातो गलबन्दी” फिल्मको निर्माण सुरु, चलचित्रमा भुटानी सरणार्थीको प्रेम कहानी समेटिदै


मोरङ–मनिष्मा फिल्मस् प्रालीको व्यानरमा नेपाली कथानाक चलचित्र रातो गलवन्दी निर्माण गरिने भएको छ । निर्माण पक्षले मोरङको उर्लाबारीमा पत्रकार सम्मेलन गरेर चलचित्र निर्माण बारे जानकारी दिएको हो ।

करिव ९० लाखको लागतमा निर्माण हुन लागेको चलचित्रको छायांकन पूर्वका विभिन्न रमणीय स्थलहरूमा हुने निर्माता नवराज लम्सालले बताए। रातो क्रान्तिको प्रतिक र गलबन्दी भनेको चिसोबाट जोगाउने पहिरन भएकोले चलचित्रको कथाका रुपमा क्रान्तिकारी भुटानी शरणार्थीको प्रेम कहानीलाई उतार्न लागिएको निर्माता लम्सालले जानकारी दिए । चलचित्र निर्माताको भुमिकामा लम्सालसँगै हिमाल कडेरीया र दुर्गा बस्नेत समेत रहेका छन । चलचित्र छाँयाङ्कन मोरङ्गको पथरीस्थित शरणार्थी शिविर बाट सुरू गरिने र सुटिङ ३ महिनामा सकिने बताइएको छ । चलचित्रमा चर्चित नायिका केकी अधिकारी, बुद्धि तामाङ, कोशिष क्षेत्री, सेन्जल पौडेल, हेमन्त बुढाथोकी, अर्जुन गुरूङ, यज्ञ बहादुर कटुवाल चुप्पी डन लगायतको मुख्य अभिनय देख्न पाइनेछ ।

प्रेमकथामा आधारित कथामा निर्माण गरिने चलचित्रमा गाउँ ( सहरको परिवेश उत्कृष्ट शैलीमा प्रस्तुत गरिने निर्देशक अनिश थापाले बताए । हिमाल कडेरीयाको कथामा निर्माण हुन लागेको चलचित्रलाई सुमन योन्जनले छायांकन गर्दैछन् ।


क्याटेगोरी : देश / प्रदेश, सकारात्मक सोच, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्