Techie IT
Mission Khabar

रेस्टुरेन्ट, बार र होटलले आजबाट १० प्रतिशत अतिरिक्त शुल्क लिन नपाउने, उपभोक्तालाई राहत


काठमाडौं–अब उपभोक्ताले रेस्टुरेन्ट, बार र होटलमा अतिरिक्त वा सेवा शुल्कका नाममा लिइने थप १० प्रतिशत तिर्नु नपर्ने भएको छ । रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल रेबानले सेवा बापत लिइने अतिरिक्त शुल्क नलिने निर्णय गरेसँगै उपभोक्तालाई राहत भएको हो ।

रेबानको २०७५ माघ १४ गते काठमाडौंमा सम्पन्न बृहत भेलाले काठमाडौं, पोखरा र सौराहका रेस्टुरेन्ट तथा बारहरूमा लगाउँदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क नलिने निर्णय गरेको छ । उपभोक्ताहरूबाट भएको चौतर्फी विरोध तथा असन्तुष्टिका कारण उपभोक्ता हित तथा अनुरोधलाई ध्यानमा राखेर सेवा शुल्क हटाउने निर्णय गरिएको रेबानको दाबी छ । यो निर्णयलाई बिस्तारै देशव्यापी कार्यान्वयन गराउने रेबानको तयारी छ ।

मंगलबारबाटै काठमाडौं, पोखरा र सौराहाका बार तथा रेस्टुरेन्टमा सेवा प्रयोग गरेबापत उपभोक्ताले कुनै सेवा शुल्क तिर्नुपर्ने छैन । यसअघि रेस्टुरेन्टहरूले उपभोक्ताले खर्च गरेको कुल रकमको १० प्रतिशत सेवा शुल्कका रूपमा अतिरिक्त पैसा लिदै आएका थिए ।

रेबानको विज्ञप्ती


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, सकारात्मक सोच, समाचार, होटल / रेस्टुरेन्ट

तपाईको कमेन्ट लेख्नुहोस्