Techie IT
Mission Khabar

अघि बढ्यो कर्मचारी समायोजन प्रक्रिया, ८ सय ४८ उपसचिवले बुझे समायोजनको पत्र


काठमाडौं–सरकारले ८४८ उपसचिवको समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ८४८ उपसचिवको समायोजन गरेको हो । सङ्घमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा चार उपसचिवको समायोजन भएको हो।

समायोजनमा परेका उपसचिवले फाराम भर्दा प्रयोग गरेको इमेल र पासवर्डका आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले समायोजनको पत्र बुझेको बताइएको छ । करीब दुई हजार उपसचिवलाई तीनै तहमा समायोजन गर्नेगरि सरकारले प्रक्रिया अघि बढाएको छ । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि माघ २ गतेसम्म अनलाइन फाराम आह्वान गरेको थियो । जसमा सङ्घ,प्रदेश र स्थानीय तहमा समायोजनका लागि ७५ हजार ३ सय ६७ कर्मचारीले आवेदन भरेका थिए भने यहाँ ६६ हजार ५ सय ८० कर्मचारीले समायोजन फारम भरेनन् ।

समायोजन प्रक्रिया बाध्यकारी भएकाले पहिलो चरणमा बिशिष्ट श्रेणी त्यसपछि अरु क्रमशः फारम भरेकाको समायोजनपछि बाँकी फारम नभरेकालाई सराकार आफैले खटाउनेछ ।


क्याटेगोरी : देश / प्रदेश, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्