गैरआवासीय नेपालीलाई नागरिकता, नेपाली वा मातृभाषा जान्नैपर्ने सर्त

काठमाडौं– नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपाली वा नेपालमा बोलिने कुनै मातृभाषा बोल्न जान्ने गैरआवासीय नेपालीले मात्रै नागरिकता प्राप्त गर्ने सर्त राखिएको छ । संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने व्यवस्थ भएअनुसार नयाँ ऐनको व्यवस्था गर्न लागिएको हो ।
अहिले तयार भएअनुसार नै कानून आएर कार्यान्वयन भएमा गैरआवासीय नेपालीले नागरिकता पाउन नेपाली वा नेपालकै कुनै मातृभाषा जान्नुपर्ने बाध्यता रहनेछ । नागरिकता प्राप्त गर्ने व्यक्तिलाई सपथ गराउनुपर्ने व्यवस्था पनि कानुनमा गर्न लागिएको छ । मस्यौदाअनुसार नागरिकता लिन चाहने गैरआवासीय नेपालीले गृह मन्त्रालय मातहतको निकायमा निवेदन दिनुपर्छ । यसअघि सरकारले ल्याएको विधेयकमा मन्त्रालयमै निवेदन दिनुपर्ने व्यवस्था थियो ।
यो ऐनको कार्यान्वयनले विदेशमा जन्मिएका र नेपाली तथा यहाँ बोलिने मात्रिभाषाको ज्ञान नभएका नेपाली नागरिक बन्न रोक्ने छ । जझ, गैरआवासीय नेपालीका नाममा हुनसक्ने नागरिकताको दुरुपयोग रोक्ने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध, सकारात्मक सोच, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्