Techie IT
Mission Khabar

नेपाल चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर, सम्बन्ध थप मजबुद र हितकर बनाउन राष्ट्रपति द्धयको प्रतिबद्धता


काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक सम्पन्न भएसँगै नेपाल चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर भए । पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा चीनका यातायातमन्त्री ली सियाओपेङले सबैभन्दा पहिले पारवहन तथा यातायात सम्झौता कार्यान्वयनको सहमतिमा हस्ताक्षर गरे । चिनियाँ सहयोगमा बनेका विद्यमान परियोजनाको मर्मत तथा सबलीकरणका लागि अनुदान र सहयोगपत्र हस्तान्तरणमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री ज्ञवाली तथा चिनियाँ वाणिज्यमन्त्री झोङ शानबीच हस्ताक्षर भयो ।

यस्तै,आर्थिक तथा प्राविधिक सहयोग सम्झौता तथा नेपालको उत्तरी क्षेत्रमा जीविकाका क्षेत्रमा सहयोग सम्बन्ध सबलीकरणका विषयमा अर्थ मन्त्रालयका सचिव लालशङ्कर घिमिरे र चाइना इन्टरनेशनल डेभलपमेण्ट कोअपरेशन एजेन्सीका वाङ सिआवतावले हस्ताक्षर गरे । चीन नेपाल भन्सारका विषयमा आपसी प्रशासनिक सहयोगमा सचिव घिमिरे तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीबीच हस्ताक्षर भयो । नेपाल गुणस्तर विभाग तथा स्ट्याण्डर्ड एण्ड मेट्रोलोजी एण्ड स्ट्याण्डर्डाइजेशन एडमिनिष्ट्रेशन अफ चाइनाबीच सहयोग सहमतिपत्रमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल तथा नेपालका लागि चिनियाँ राजदूत होउले हस्ताक्षर गरेर औपचारिकता दिए । सांस्कृतिक सम्पत्तिको चोरी, गोप्य उत्खनन, गैरकानूनी आयात तथा निर्यात प्रतिबन्ध लगाउने सम्झौतामा राजदूत पौड्याल र चीनको एडमिनिष्ट्रेशन अफ नेशनल कल्चरल हेरिटेजका लियु युझुबीच हस्ताक्षर भयो ।

यतिधेरै हस्ताक्षर र सहममति भइरहदा कार्यान्वयमा भने विश्वास गरिहाल्ने ठाउँ छैन । नेपाल भारत र नेपाल चीनबीचका धेरै सम्झौता एका अर्काबीचका हस्ताक्षरमा मात्रै सिमित हुनुले पनि यो आशंकालाई जिवितै राखेको छ । जुन कुनै सम्झौता सहमतिमा गुपचुप हस्ताक्षर गर्ने अनि यसको आवश्यकता र प्रभावका बारेमा दुरगामी सोच नराख्ने सरकारी प्रवृत्तिका कारण पनि कागजी सम्झौताको व्यवहारिक कार्यान्वयन फितलो देखिदै आएको छ । कागजमा गरिएको प्रतिबद्धता व्यवहारमा उतारियोस्, यसमा दुबै पक्ष गम्भिर बन्नुपर्छ ।


क्याटेगोरी : देश / प्रदेश, सकारात्मक सोच, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्