Techie IT
Mission Khabar

पालुङटार नगरपालिकाले शुरू गर्यो हेलो मेयर अभियान, सम्बोधन होला त नागरिकको आवश्यकता र गुनासो ?


गोरखा–पालुङटार नगरपालिकाले नागरिकको गुनासो र सुझाव सङ्कलनका लागि हेलो मेयर अभियान शुरू गरेको छ । नगरपालिकाको समग्र विकासमा नगरवासी विभिन्न क्षेत्रका व्यक्तिको राय, सुझाव र गुनासो सिधै नगर प्रमुखसँग राख्न मिल्नेगरि हेलो मेयर सेवा शुरू गरिएको हो ।

सूचना प्रविधि इञ्जिनीयर अशोकबाबु श्रेष्ठका अनुसार अब नगरवासीले नगरपालिकाभित्रका विकासको कार्यक्रम, सार्वजनिक संस्था, विद्यालय, स्वास्थ्य संस्थालगायत सम्पूर्ण कार्यक्रम तथा योजनाका बारेमा नगरप्रमुखबाटै सिधा जानकारी लिनसक्नेछन् । नगरपालिकासँग सम्बन्धित गुनासो र जिज्ञासा समेत राख्न सकिने उनले बताए । नगरप्रमुख दीपकबाबु कँडेलले विकास निर्माणका सबै काममा नगरप्रमुखको ध्यान नपुग्न पनि सक्छ भन्दै नगरवासीले आवश्यकता र समस्या बोकेर कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताए ।

गुनासो कर्ताले टोल फ्री नं १६६०६४४२००२ मार्फत गुनासो रेकर्ड गराउन सक्नेछन् । रेर्कड भएको गुनासो, सुझाव वा जिज्ञासामाथी नगरप्रमुखले बुझेर जानकारी दिने व्यवस्था नगरपालिकाले मिलाएको छ ।


क्याटेगोरी : जनप्रतिनिधि, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्