Techie IT
Mission Khabar

ब्यवसायी धामीले गरे गेरुवा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा १ लाख बढी सहयोग


काठमाडौं-बर्दिया–कोरोना कोभिड १९ को महामारी रोकथामका लागि गेरुवा गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषका लागि बर्दिया जिल्ला गेरुवा गाउँपालिका वडा नं ४ गोविन्दपुरका जनक बहादुर धामीले १ लाख १ हजार सहयोग हस्तान्तरण गरेका छन् ।

काठमाडौंस्थित हरपल फुड्स प्रालिका अध्यक्ष समेत रहेका धामीले गाउँपालिकालाई राहत र जोखिम व्यवस्थापनमा सहयोग पुगोस भन्ने उद्देश्यले उक्त रकम सहयोग गरेको बताएका हुन् ।

व्यवसायी धामीले समस्या तथा आपत्तको बेलामा खाद्यान्न लत्ताकपडा लगायतको सहयोग गर्दै आएका छन् । कोरोनाको प्रकोपले बिश्व अर्थतन्त्रमा प्रभाव पारेपनि घरमै बसेर आफूपनि सुरक्षित रहन र अरुलाई पनि बच्न धामीले आग्रह गरे । कोरोनाको संक्रमणसँगै बढ्दैगरेको लक डाउनले समस्यामा परेकाहरुलाई गेरुवा गाउँपालिकाले समेत राहत वितरण गर्दै आएको छ ।

कोरोना सङ्क्रमणको जोखिम पूर्वतयारीमा जुटेको गेरुवाले मेगा बैंकमा प्रकोप व्यवस्थापन कोष निर्माण गरी आफूले सकेको सहयोग गर्न सबैलाई अपिल गरेको छ ।


क्याटेगोरी : देश / प्रदेश, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्