Techie IT
Mission Khabar

कोरोनाको सन्त्रास : नआत्तिई घरमै बसौँ, आफुपनि बचौँ सबैलाई बचाऔँ


काठमाडौँ– कोरोना (कोभिड–१९) ले बिश्वभर महामारी निम्त्याइरहदा हामी पनि यसको प्रकोपबाट अछुतो रहेनौँ । केही समयसम्म त हामी कोरोनाको त्रासदीबाटै मुक्त रह्यौँ । अर्थात पहिलो संक्रमित व्यक्ति पुर्णरुपमा निको भएर घर फर्किएपछिको लामो समयसम्म कोरोनाको संक्रमण भेटिएन् । तर दोश्रो संक्रमित भेटिएपछि भने कोरोनाको संक्रमण र जोखिम बढिरहेको छ ।

बिदेशबाट नेपाल आएकाहरुमा देखिएको संक्रमण दोश्रो व्यक्ति अर्थात नातेदारमा सरेको पाइएपछि नेपाल कोरोनाको दोश्रो चरणमा प्रवेश गरेको छ । संख्यात्मक रुपमा निक्कै कममा संक्रमण देखिएपनि व्यक्तिबाट व्यक्तिमा सर्दै समुदायमा सर्ने त्रासले देश आधा महिनादेखी लक डाउनमा छ । यो क्रमले निरन्तरता पाइरहँदा किसान, ज्याला मजदुरीको कमाईले बाच्नुपर्नेहरु पीडामा छन् । बजार पुर्णरुपमा ठप्प छ भने अत्यावश्यक बाहेकको आवतजावत रोकिएको छ । कोरोनाको सम्भावित जोखिम कायमै रहँदा क्वारेन्टाईनमा बसेका कोरोना आशंका गरिएका व्यक्तिको मृत्यु । संक्रमणको आशंकामा यतिको परिक्षण, उतिको परिक्षण भन्दै समाजलाई आतंकित बनाउने काम विभिन्न सामाजिक सञ्जाल, युट्युव, केही अनलाईन मिडिया मार्फत भैरहेको छ ।

सिंगो राष्ट्र संयमित भएर, हरेक नागरिक सचेत हुँदै आफू पनि जोगिएर सबैलाई सुरक्षित बनाउन भुमिका खेल्नुपर्ने समयमा यस्तो पाठक बढाउने प्रचार गर्नु ठिक होइन् । मानसिक त्रास फैल्याउने भन्दा पनि तपाई हाम्रो घरसमाजमा कोही महामारि फैलिएको देश वा क्षेत्रबाट आएका छन्, उनीहरुमा कोरोनाको सम्भावित लक्षण देखिएको छ, वा जोखिम बढ्न सक्छ भने क्वारेन्टाइनमा बस्न पे्ररित गरौँ । यति संक्रमणको आशंका बढाउने खालका स्वास्थ्य समस्या देखिएमा रोगको पहिचान गराएर आइसोलेसनमा राख्न मद्धत गरौँ ।

काम गरेर वा पसल व्यवसाय गरेर दैनिक गुजारा चालउनुपर्ने, घर तथा पसल भाडामा लिएर आफ्ना सन्तानको शिक्षादिक्षा धानिरहेका परिवारका लागि त यो लकडाउन महासंकट जस्तै बनेको छ । रपछि आफू महामारिबाट बच्न र देशलाई नै रोगब्याधीको महामारीबाट बचाउन राष्ट्रले चालेका हरेक कदममा साथ दिइनै रहेका छन् । कतिपयले केही समयका लागि खाद्यान्न, दुध, दही औषधी बचत गरेपनि कतिपय किन्न दिनहु पसल जानुपर्ने बाध्यतामा समेत छन् । यसरी बजार, पसल जाँदा माक्स, पञ्जाको प्रयोग गरौँ, भिडभाड नगरौँ, व्यवसायीले समेत सुरक्षाका आधारभुत मापदण्ड पुरा गरेर पसल खोलौँ । गाउँमा कोरोनाको सन्त्रास नभएकाले हिडडुल खासै रोकिएको छैन । शहरका कतिपय भित्रि क्षेत्रमा अहिलेपनि भीडभाड कायमै छ ।

बिश्व समूदायलाई आतंकित बनाएको कोरोनाको जोखिम कायमै रहेकाले तपाई हामी सबै नागरिक सचेत बन्नुपर्छ । बजारमा कालोबजारी गर्ने कमाउने मौका भन्दा पनि आफूपनि बच्ने अरुलाई पनि बचाउने खालका ब्यवहार गरौँ । बजारमा औषधी, खाद्यान्न, ग्याँस नुन, तेल लगायतको अभाव नहोस् । आम नागरिकको जिउ धन र बाच्न पाउने अधिकारको सम्मान राज्यबाट होस र आलोचना होइन्, सिंगो राष्ट्रलाई कोरोनाको महामारीबाट बचाउन तपाई हामी सबैले आ–आफ्नो क्षेत्रबाट सावधानि र सचेतना फैल्याऔँ । लक डाउन र सरकारले जारी गरेका सचेतनाका उपायलाई पालना गरेर अघि बढौँ ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, सकारात्मक सोच
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्