बर्दियाका युवा र ब्यवसायीको सहयोगी मन,आफ्नै खर्चमा पाँच सयलाई राहत

काठमाडौं । सरकारले कोराना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै गरेको लकडाउनले यतिबेला देश ठप्प छ । बजार र पसल आधा महिनादेखि बन्द हुँदा थुप्रैको गुजारामा समस्या परिरहेको छ ।
अध्ययन,रोजगारी,ब्यवसाय लगायतका काम बिशेषले बर्दियाबाट काठमाडौं आएर कोठा भाडामा बस्ने बिद्यार्थी तथा सर्वसाधारणहरुलाई मध्यनजर गर्दै युवा उद्धमी तथा विद्यार्थी नेताहरुले राहत बितरण गरिरहेका छन् । बर्दिया जिल्ला राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाबाट काठमाडौं आएर ज्यालादारी काम गर्ने मजदुर, कोठा भाडामा लिएर बस्ने विद्यार्थी र अलपत्र परेका सर्वसाधारणलाई युवा ब्यवसायी तथा समाजसेबी जनकबहदुर धामी,मोहनराज जोशी,पुरन रोकाया सुदामा, प्रेम माझी लगायतले आफनै लगानीमा राहत बाँडिरहेका छन् । उनीहरुले प्रतिब्यक्ती १५ केजी चामल, एक लिटर तेल, दाल, मस्यौरा, प्याज बितरण गरेका हुन् । त्यस्तै सुरक्षाका लागि उनीहरुलाई माक्स पनि बितरण गरिएको छ ।
समाजसेवी जनकबहादुर धामीमा अनुसार बर्दियाबाट काठमाडौ बसोबास गरिरहेका करिव ५ सय जनालाई बाड्ने लक्ष्य रहेको छ । तीन साता लामो लकडाउनमा कोही पनि भोकै बस्न नपरोस भन्नेे उदेश्ययले आफूहरुले सहयोग गरिरहेको धामीले बताए । राहत पाएसँगै शिक्षा तथा रोजगारीका क्रममा काठमाडौंमा बसोबास गरिरहेका बिद्यार्थी तथा सर्वसाधारण खुसी भएका छन् ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, सकारात्मक सोच
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्