Techie IT
Mission Khabar

१२ दिन लम्बियो लक डाउन, अत्यावश्यक काम बाहेर घर बाहिर नजाऔँ


काठमाडौं । बैशाख तीन गतेका लागि तोकिएको लक डाउन दोश्रो पटक १२ दिन थपेर बैशाख १५ गतेसम्म पुर्याइएको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले १२ दिन समयसिमा थप्ने निर्णय गर्दै बैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना संक्रमित बढिरहेको समयमा भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन बढाइएको बताइएको छ । चैत ११ गतेदेखि देशभर सुरु गरिरएको लक डाउन पहिलो पटक १८ गतेसम्म तोकिएको थियो । दोश्रो पटक ७ दिन थपेर २५ गतेसम्म र तेश्रो पटक ८ दिन थपेर बैशाख तीन गते पुर्याइएको थियो । तेस्रो पटक थप गरिएको लकडाउन अवधि बुधबार सकिने भएसँगै १२ दिन थप गरेर कोरोनाको जोखिम कम गर्न लागिएका सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले जानकारी थिए ।

यस्तै सरकारले काठमाडौँ उपत्यका तथा बाहिरी जिल्लामा कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि थप सजकता अपनाउन आम देशबासीसँग आग्रह गरेको छ । लक डाउनका कारण देशभरको यातायात सेवा ठप्प छ भने सबै अन्तर्राष्ट्रिय उडान वैशाख १८ गतेसम्मका लागि बन्द गरिएको छ । मंगलबार मात्रै छिमेकी राष्ट्र भारतले १९ दिन लक डाउन बढाउने निर्णय गरेको थियो ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, सकारात्मक सोच
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्