Techie IT
Mission Khabar

काठमाडौं उपत्यकाका सय जना पत्रकारलाई प्रेस ज्याकेट बाढ्दै दैनिकी न्यूज


ललितपुर । नेपाल सहित विश्वभर कोरोना भाइरस कोभिड१९ फैलिरहेका बेला सर्वसाधारण घरभित्रै भएपनि कतिपय पेशाका व्यक्तिहरुले निर्वाध रुपमा काम गर्नुपर्ने अवस्था छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्वास्थ्यकर्मी जस्तै सञ्चारकर्मी पनि यतिबेला जोखिमलाई चिर्दै आफ्नो पेशागत धर्म निभाइरहेका छन् ।

यस्तोबेला आफूलाई सुरक्षित राखेर सूचना प्रवाह गर्नतिर सञ्चारकर्मीले ध्यान दिनुपर्ने समय आएको छ । रिर्पोटिङमा सडकमा निस्कदा सरकारले कुनै सुरक्षा व्यवस्था गरिदिएको छैन । आफूसँग भएको सञ्चारकर्मीको परिचयपत्र बोकेर उनीहरु निर्वाध रिर्पोटिङमा खटिदा समेत अवरोध झेल्नुपर्ने अवश्था छ । जोखिमपूर्ण अवस्थामा रिर्पोटिङ गर्न निस्कने पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै दैनिकी न्यूज डटकमले निःशुल्क रुपमा प्रेस ज्याकेट वितरण गर्ने भएको छ । यो ज्याकेट लगाएपछि बाहिर सहजै निस्कन सकिने र प्रहरीले समेत पहिचान गर्न सजिलो हुने भएकाले एक सय थान प्रेस ज्याकेट बिहिबारबाट वितरण गर्न लागिएको दैनिकी न्यूजका सम्पादक रामहरि कार्कीले बताए ।

सञ्चारमाध्यम र आवश्यकता हेरेर ज्याकेट वितरण गर्ने तयारी गरिएको छ । सम्पादक कार्कीका अनुसार पत्रकार महासंघ तथा अन्य निकायहरुले पत्रकारहरुका लागि आवश्यकता अनुसारका सुरक्षा सामग्री उपलब्ध गराउन नसकेपछि दैनिकी न्यूजका तर्फबाट ज्याकेट वितरण गर्न लागिएको हो । उपत्यकाका सञ्चार माध्यमका कार्यरत पत्रकारहरुका लागि प्रेस ज्याकेट वितरण गर्न लागेको दैनिकीन्यूज डटकम ४ वर्षदेखी संचालनमा छ ।


क्याटेगोरी : देश / प्रदेश, सकारात्मक सोच

तपाईको कमेन्ट लेख्नुहोस्