मन्त्री नेम्बाङको सक्रियता, लकडाउनमा काठमाडौं उपत्यकाका सडक धमाधम बन्दै

काठमाडौ । लकडाउनमा समेत काठमाडौँ उपत्यका सडक विस्तार आयोजना अन्तर्गत रहेका आठवटा सडक निर्माणको काम सुचारु गरिएको छ । कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन भन्दै जारी बन्दाबन्दीसँगै रोकिएका उपत्यकाका तीनवटा जिल्लाका विभिन्न सडकको काम पुनः सुचारु गरिएको हो ।
उपत्यका सडक विस्तार आयोजनासँगै सडक विभाग मातहत विभिन्न निर्माण पक्षसँग सम्झौता भएका सडक निर्माणलाई समेत तिब्रता दिन भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले निर्देशन दिएसँगै सडक विस्तार र निर्माणले गति लिएको बताइएको छ । उपत्यका सडक विस्तार आयोजना अन्तर्गत काठमाडौंमा जोरपाटी–साँखु सडकखण्ड (१२ किमी), जोरपाटी–सुन्दरीजल सडक खण्ड (७ किमी) र त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक खण्ड (१२.५ किमी)को निर्माण पुनः सुचारु भएको छ । यस्तै, ललितपुरमा निर्माण सुचारु भएका सडकमा नख्खु–भैँसेपाटी–बुँगमती सडकखण्ड (५ किमी), सातदोबाटो–चापागाउँ–लेले सडकखण्ड (१३ किमी), लखनखेल–सातदोबाटो–गोदाबरी सडकखण्ड (८.४ किमी) र ग्वार्को–लुभू–लामाटार सडक खण्ड (७.२ किमी) रहेको छन् ।
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार भक्तपुरमा सल्लाघारी –पेप्सीकोला–खस्याङखुसुङ सडकखण्ड (४.५ किमी)को कामले गति लिएको छ । यी बाहेक कालिका कन्ट्रक्सनले ठेक्का पाएको गौशाला–चाबहिल लगायत सडकको काम पुनः सुचारु गरिएको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, सकारात्मक सोच, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्