Techie IT
Mission Khabar

जारी भयो नेपालको नयाँ नक्सा, कहिले आउने भारतले अतिक्रमण गरेको भूमि फिर्ता ?


काठमाडौं । संसदिय समितिको ताकेता र चौतर्फी दबाबपछि सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले महत्वपूर्ण निर्णय गर्दै भारतले मिचेको बिवादित भूमि समेटिएको नयाँ नक्सा पारित गरेको हो ।

नक्सामा उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनीक प्रवन्ध समेटिएका छन् । यो नक्सालाई नै अब नेपालका सबै विसिमका प्रशासनीक प्रवन्धहरुमा लागू गर्ने प्रक्रिया अघि बढाउने निर्णय समेत सरकारबाट भएको छ । नेपालको संघीयताअनुसार प्रदेश र स्थानीय तहहरु समेटिएको नयाँ नक्सा नै निसान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्सा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्साका रुपमा अध्यावधिक हुनेछ ।

भारतले गत नोभेम्बरमा लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा राखेर नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । भारतीय राजनीतिक नक्साबारे नेपालमा चर्को विरोध मात्र भएन, संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई दबाब दिएका थिए । सरकारले कूटनीतिक नोट पठाएर सीमा विवादबारे परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न दुई पटक मिति प्रस्ताव गरेपनि भारतले नेपालको कूटनीतिक सम्वादबाट समस्या समाधान गर्ने प्रयासलाई टार्दै आएको छ ।

पछिल्लो समय भारतले फेरि तिब्बतको मानसरोवर जान लिपुलेक क्षेत्रको नेपाली भूमि अतिक्रमण गर्दै सडक बनाएर उद्घाटन गरेपछि नेपाल भारतबीच तिक्तता सुरु भएको छ । जेठ २ गते संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने प्रतिवद्धता जनाइए सरकारले भारत बिरोधी जनमत केही मथ्थर पार्न खोजेपनि जनआक्रोस अझै बाँकी नै छ ।

सरकारको नीति तथा कार्यक्रम अनुसार नै भूमिसुधार मन्त्रालयले प्रस्ताव लगेर भारतले अतिक्रमण गरी विवादित बनाएको लिम्पियाधुरा, कुटी, गुन्जी, नाभि, लिपुलेकसहितका क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि पनि नेपालले भारतलाई कुटनैतिक दबाब दिन सुरु गरेको भन्दै सरकारको प्रशंसा हुन थालेको छ । नयाँ नक्स जारी गरेको सरकारले अतिक्रमित भूमि फिर्ताका लागि कुटनीतिक पहिल कहिलेबाट थाल्छ ? आम जनताले अब यसैको प्रतिक्षा गरिरहेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश, सकारात्मक सोच
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्