Techie IT
Mission Khabar

अतिक्रमित भूमि बारे प्रमाण संकलन गर्न विज्ञ समिति, कहिले आउने मिचिएको भूमि ?


काठमाडौं । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा प्रमाण संकलन गर्ने जिम्मेवारी सरकारले डा. विष्णुराज उप्रेतीलाई दिएको छ । सरकारले उप्रेतीको नेतृत्वका नौ सदस्यीय विज्ञ समूह गठन गरेको हो ।

विज्ञ समूहमा सूर्यप्रसाद सुवेदी, रमेश ढुंगेल, विपिन अधिकारी, जगत भूसाल, तोयानाथ बराल, हिमालय थापा, अप्सरा चापागाईँ र रामप्रसाद सुवेदी सदस्य रहेका छन् । जेठ ५ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७ जेठमा नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ।

भारतले अतिक्रमण गरेको भूमि कूटनीतिक माध्यमबाट समाधान गर्ने उद्देश्य सहित प्रमाण संकलनका लागि विज्ञ समूह गठन गरेपनि भारतले आफ्नो अडान यथावत राखेको छ । भारतीय विदेश मन्त्रालयले नेपाल भारतको सम्बन्ध मित्रवत भएको र सहयोग आदानप्रदानमा खुलेर साथ दिएपनि लिपुकेकको नक्सा र भूमि बारेको अडान यथावत रहेको जनाएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, सकारात्मक सोच, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्