Techie IT
Mission Khabar

भारतलाई नेपालको कडा जवाफ, लिम्पियाधुरा र लिपुलेक क्षेत्रको आवतजावत नरोक्न चेतावनी


काठमाडौं । नेपालले भारतीय पक्षले कालापानी, लिम्पियाधुरा क्षेत्रमा अवान्छित गतिविधि भइरहेको भनी दार्चुला प्रशासनलाई लेखेको पत्रमा कडा जवाफ फर्काएको छ । गृह मन्त्रालयको निर्देशनमा दार्चुला प्रशासनले भारतीय पक्षको पत्रको जवाफ फर्काएको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीय सिमावर्ती धार्चुलाका अधिकारीलाई जवाफ पठाउँदै लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको भएको र त्यहाँ आफ्ना जनता निर्वाधरुपमा आवतजावत गर्न कसैले पनि रोक्न नसक्ने जवाफ फर्काएका हुन् । घुमाउरो पारामा भारतले यसलाई आपत्ति जनाउनुपर्ने अवस्था नरहेको उल्लेख गरिएको छ । भारतले आफ्नो दाबी गर्दै आएका लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालले आफ्नो नक्सामा समावेश गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ ।

नेपालले कालापानी, लिम्पियाधुरा क्षेत्रआफ्नै भएको दावी गर्दै नक्सामा समावेश गरेपनि भारतले आफ्नो दाबी छाडेको छैन । पछिल्लो समय कालापानी क्षेत्रमा नेपाली सुरक्षाकर्मीको चहलपहल समेत बढाइएको छ ।


क्याटेगोरी : देश / प्रदेश, सकारात्मक सोच
ट्याग : #hot, #कालापानी, #गृह मन्त्रालय, #दार्चुला प्रशासन, #नेपाली सुरक्षाकर्मी, #भारतलाई नेपालको कडा जवाफ, #लिम्पियाधुरा

तपाईको कमेन्ट लेख्नुहोस्