रुसी खोपको पहिलो प्रतिवेदन : साइड इफेक्टरहित सकारात्मक प्रभाव

काठमाडौं,एजेन्सी । रुसका वैज्ञानिकहरुले आफूहरुले बनाएको कोरोना भाइरसविरुद्धको खोपको पहिलो प्रतिवेदन सार्वजनिक गर्दै खोपले प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रभाव पार्ने दाबी गरेका छन् । मेडिकल जर्नल द लानसेटमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा खोप दिइएका व्यक्तिको शरीरमा कोरोना भाइरससँग लड्नका लागि प्रतिरक्षा प्रणाली विकास भएको र खोपको गम्भीर साइड इफेक्ट नदेखिएको उल्लेख गरिएको छ ।
रुसले स्थानीय स्तरमा खोपको प्रयोगका लागि अगस्टमा स्वीकृति दिएको थियो । अनुसन्धानको प्रतिवेदन सार्वजनिक हुनु पूर्व नै खोपको प्रयोगका लागि स्वीकृति दिने रुस विश्वकै पहिलो देश हो । रुसले खोपको प्रयोगलाई स्वीकृति दिएपनि विज्ञहरुले प्रभावकारिता तथा सुरक्षित भए नभएको वृहत तहको परीक्षण बिनै प्रयोग थालिँदा जोखिम उत्पन्न हुने भन्दै चासो र चिन्ता व्यक्त गर्दै आएका थिए । प्रारम्भीक परीक्षणको नतिजा सार्वजनिक गरेर रुसले आलोचकलाई जवाफ दिएको आँकलन गरिएको छ ।
गएको महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले खोपको विकासको क्रममा सबै प्रक्रिया पूरा गरेको र आफ्नी छोरीले समेत सो खोप लगाएको सार्वजनिक गरेका थिए । कुनै पनि नयाँ खोप बन्नका लागि वर्षौँ लाग्ने भए पनि कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि विश्वभरका वैज्ञानिकले तीव्र गतिमा काम गरिरहेका छन् । खोपको स्वीकृतिका लागि तीन चरणको परीक्षण हुनु पर्ने भए पनि रुस सहित अधिकांश देशले प्रक्रिया पुरा नगर्दै प्रयोगको थालनी समेत गरेका छन् ।
विश्वभर अहिले कोरोना भाइरसविरुद्धका सम्भावित ३३ खोपहरु मानवीय परीक्षणको चरणमा रहेको र अरु १४३ वटा खोपहरु मानवीय परीक्षण पूर्वको तहमा रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, सकारात्मक सोच
ट्याग : #breaking, #कोरोना भाइरस, #कोरोना भाइरसविरुद्धको खोप, #मानवीय परीक्षण, #रुसी खोप, #रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, #विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्